काठमाडौं साउन २२ गते । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र एकजना प्रदेशसभाका महिला सांसदमा कोरोना भाइरस भएको पुष्टि भएको छ ।
हिजो आएको रिर्पोर्ट अनुसार उहाँहरुमा कोरोना संक्रमण देखिएको बताइएको छ । साउन १८ गते काठमाडौंबाट फर्केंर कोरोना परीक्षण गराउनु भएका मन्त्री यादवमा रिर्पोर्ट पोजेटिभ आएको बताइएको छ ।
हाल प्रदेश २ मा पाँचहजार २७२ जनामा कोरोना संक्रमण भएको छ भने २१ जनाको ज्यान गएको छ ।
No comments: