» » यसरी हुँदैछ प्रदेश २ को सरकार परिवर्तन, को बन्दै हुनुहुन्छ मुख्यमन्त्री ?

काठमाडौं साउन २८–तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको प्रदेश २ मा रहेको संयुक्त सरकार फेरिने भएको छ । 

यसअघि संयुक्त सरकार थियो । दुई पार्टीबीच एकीकरण भइसकेपछि त्यहाँ नयाँ सरकार गठन गर्ने तयारी भइरहेको बुझिएको छ । तत्कालिन समाजवादी पार्टीका उपाध्यक्ष लालबाबु राउत नेतृत्वको सरकार पूर्णरुपमा असफल भइसकेको हुनाले त्यसलाई परिवर्तन गर्दै नयाँ मुख्यमन्त्री चयन गरी नयाँ मन्त्रीमन्त्रीमण्डल गठन गर्ने बताइएको छ । अबको मुख्यमन्त्री को बन्ने भने दौड शुरु भएको छ । 

नवगठित जनता समाजवादी पार्टी प्रदेश संसदीय दलको जो नेता बन्नुहुन्छ उहाँ नै अगामी मुख्यमन्त्री हुने पक्का रहेको छ । अहिले संसदीय दलको नेता को बन्ने भनि प्रदेश सांसदहरुको बीचमा दौडादौड छ । आआफ्ना निकटका शीर्ष नेताहरुलाई भेटेर संसदीय दलको नेताका लागि लविङ गरिरहेका छन् । 

प्रदेश २ का तत्कालिन राजपा र समाजवादी पार्टीका प्रदेशसभाका १५ जना सांसदले जसपा नेपालका शीर्ष ननेताहरुलाई भेटेर प्रदेश सरकार परिवर्तन गर्नुपर्ने दवाव दिनुभएको छ । मन्त्रीहरु काम नगरेको, भ्रष्टाचार र कमिशनमा डुवेको, एक अर्कामा समन्वय नरहेको गुनासो उहाँहरुले गर्नुभएको छ । कुनै मन्त्रीले छोराबाट, कुनै मन्त्रीले दाइबाट, कुनै मन्त्रीले भतिजाबाट त कसैले श्रीमानबाट मन्त्रालय चलाई रहेको गुनासो सांसदहरुको रहेका छन् । मन्त्रीहरुको बीचमा समन्वय नभएको कारणले सरकारले चाहेको जति काम गर्न नसकेको गुनासो गर्न थालेका छन् ।  

देशमा प्रदेश २ कोरोनाका लागि हटस्पट बनिरहेको छ तर सरकार निरिह बनेर हेरिरहेको गुनासो पनि सांसदहरुको थियो । वजेट छ तर त्यसलाई खर्च गर्न सकिरहेको छैन, मन्त्रीहरुको एक आपसमा समन्वय नभएको कारण कतिपय हुनुपर्ने काम पनि हुन नसकिरहेको गुनासो सांसदहरुको थियो । 

साउन २० र २१ गते दुई दिन उनीहरुले जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र कार्यकारिणी समितिका सदस्यहरु महेन्द्र राय यादव, राजकिशोर यादव, अनिलकुमार झा र शरतसिंह भण्डारीलाई छुट्टा छुट्टै भेटेर प्रदेश सरकार परिवर्तनका लागि उहाँहरुले दवाव दिनु भएको छ । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..