» » चिरपटले हानेर गैर दलितको हत्या (हेर्नुस् भिडियो)

सिरहा साउन २२ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिका सखुवाका ५४ वर्षीय सुकदेव खंग ( मण्डल ) लाई गैरदलितहरुको एक समूहले अन्धाधुन्ध लठ्ठी र चिरपटले हानेर हत्या गरेको छ । 

दलित बस्तीको साँगुरो बाटो मिचेर निलमदेवी मेहताले घर निर्माण दलित बस्तीका मानिसहरू कुरा उठाउँदै आउनु भएको थियो । जेठ १० गते दिनको ३ बजे गाउँमा सामान्य झगडा सुरु भएपछि सुकदेव खंग काखमा दुई वर्षको नाति बोकेर झगडा स्थल पुग्नु भएको थियो । उहाँले झगडा नगरी बसेर कुरा मिलाउने आग्रह गर्दै हुनुहुन्थ्यो । गालीगलौजबाट सुरु भएको झगडा बढ्दै गयो । सुकदेव मिलाउने प्रयासमा हुनुहुन्थ्यो । 

त्यतिकैमा मेहता र यादव टोलबाट दर्जनौं मानिसहरु हातमा लठ्ठी र चिरपट लिएर तिमी दशघर खंग दलितहरुले धेरै नेतागिरी गरेको भन्दै सुकदेवमाथि अन्धाधुन्ध हानेपछि सुकदेवको टाउको फुटाएको सुकदेवकी श्रीमती उर्मिला देवी खंगले बताउनुभयो । उपचारक लागि विराटनगरको न्युरो अस्पताल लगिने क्रममा बाटोमा सुकदेवको मृत्यु भएको थियो । 

सिरहाका पत्रकार राजेश विद्रोहीले भन्नुभयो, पाँचवर्ष अगाडि त्यसैगरी त्यो ठाउँमा चन्द्रनारायण सदाको पनि हत्या भएको थियो । यो घटना गाउँदेहातमा भएकोले त्यति चर्चामा आएको छैन । न त दलित आन्दोलनसँग जोडिन सकेको छ । घटनामा संलग्नहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ परेको छैन ।

(भिडियो र समाचारको स्रोत राजेश विद्रोहीको फेसबुकबाट लिइएको हो)

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..