» » गठन भयो नेकपा (माओवादी)

काठमाडौं साउन २० गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चरमउत्कर्ष पुगेको छ तर एकपछि अर्को सोही प्रकृतिका पार्टी गठन भइरहेको छ । 

नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन परेपछि पार्टिमा विवाद उत्पन्न भइरहेको बेला पूर्वमाओवादी केन्द्रका केही नेताहरुले आज नेकपा (माओवादी) गठन गरेका छन् । तत्कालिन नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा भएको छ । 

भक्तपुरमा एक कार्यक्रम आयोजना गरी सो पार्टी निर्माणको घोषणा गरिएको थियो । जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेको भन्दै नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको हो ।  

प्रचण्डको नेतृत्वमा जनयुद्धदेखि नै नेकपा माओवादी, माओवादी केन्द्र हुँदै नेकपामा आइपुग्दा पनि पार्टी सत्ताको वरिपरि मात्रै घुमेको, देशको समृद्धि, विकास, राजनीतिक निकास नेकपाबाट नहुने आरोप लगाउँदै उहाँले तत्कालीन नेकपा (माओवादी) मा रहेर काम गरेका नेता तथा कार्यकर्ता सङ्गठित भई पुरानो पार्टीलाई ब्युझाउनु परेको भनाइ राख्नुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..