» » भूमपुजनका लागि चाँदीका इट्टा लिएर जानकी मन्दिरका महन्थ अयोध्या प्रस्थान

काठमाडौं साउन २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालको पर्सा जिल्ला ठोरीमा भएको भनाई बाहिर सार्वजनिक भएपछि त्यसले विवादको रुपमा लिएको थियो ।

 प्रधानमन्त्री अ‍ोलीको भनाई आलोचनमा आएको थियो । त्यसमा विभिन्न टिकाटिप्पणी भइरहेको थियो । भारतमा पनि प्रधानमन्त्री अ‍ोलीको विरोध भयो । नेपालमा पनि खासगरि तराई मधेशतिर ओलीको त्यो भनाईको विरोध भएको थियो । हिन्दुधर्मलम्बीहरु खुलेर सडकमा आएका थिए । 

यही बीचमा भारतको आयोध्यामा भइरहेको राम मन्दिरको भूमि पुजनको लागि जनकपुरका जानकी मन्दिरका महन्थ त्यहाँका लागि प्रस्थान गर्नुभएको छ । 

राम मन्दिर निर्माणका लागि हुन लागेको भूमि पूजन कार्यक्रमका लागि जनकपुरमा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव उता प्रस्ताव गर्नुभएको छ । यसअघि पनि उहाँ उतातिर जान खोज्नु भएको थियो तर पीसीआर रिर्पोर्ट नहुँदा उहाँ जान पाउनु भएको थिएन । 

आजको उहाँको रिपोर्ट तयार भएपछि उहाँ उतातिर प्रस्थान गर्नुभएको हो । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको लागि एक किलोको ५ वटा चाँदीको ईटा उपहार स्वरुप लिएर उहाँ जानु भएको हो । सो चाँदीको ईटामा श्री सीताराम जानकी मन्दिर जनकपुरधाम मिथिला नेपाल लेखिएको छ ।

वर्षौको प्रतिक्षा पछि अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको भूमि पूजन कार्यक्रममा सम्पूर्ण मिथिलावासीको प्रतिनिधित्व गर्न पाउँदा कृतार्थ भएको महन्थ दासले बताउनुभयो । भूमी पुजनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि बुधबार त्यहाँ जानु हुनेछ । 

लामो समयदेखि विवादमा रहेको राम मन्दिर सम्बन्धमा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि आदेश दिएपछि त्यहाँ राम मन्दिर निर्माणको कार्य अगाडी बढाउन लागिएको हो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..