» » भारतीय दूतावासद्धारा फोटो प्रतियोगिताको आयोजना


काठमाडौं भदौं १५–नेपालस्थित भारतीय दुतावासले फोटो प्रतियोगिता गर्ने भएको छ । 

बीपी कोइराला नेपाल–भारत फाउडेशन र दुतावासले ‘मैत्रीमार्फत मेरो लेन्स’ नाम दिएको सो प्रतियोगितामा भाग लिने विजेतका लागि पुरस्कारको व्यवस्था गरेको छ । फोटो प्रतियोगितामा भाग लिने विजेतालाई प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो पुरस्कार १५ हजारका साथै पाँचजनालाई ६ हजारका दरले सन्त्वना पुरस्कार प्रदान गरिने दुतावासले जनाएको छ । 

सो प्रतियोगितमा नेपाली नागरिकले मात्र भाग लिन पाउने दुतावासले जनाएको छ । नेपाल भारतबीच रहेको सदियौंको सम्बन्धलाई अझ मजबुत बनाउन यो प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ । 

प्रतियोगीले दुई देश बीचको सम्बन्धलाई झल्काउने कला सँस्कृति, वस्तुकाला, नृत्य, शिक्षा, धर्म, चाडपर्वलगायत दुई देशको साझा सामाजिक आर्थिक विकासलगायतका विषयवस्तु तस्विर अर्थात प्रत्येक तस्विर भारत–नेपाल मैत्रीको प्रतिनिधित्व गरेको हुनुपर्ने दुतावासले जनाएको छ ।

यस प्रतियोगितामा भाग लिनका लागि कुनै शुल्क लाग्ने छैन । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..