» » प्रदेश २ मा १० हजारभन्दा बढी पुगे कोरोना सक्रमित, आज मात्र २२७


धनुषा भदौं १३ गते । प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार भन्दा बढी भइसकेको छ । आज २२७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार २२ पुगेको छ । 


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सबैको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । 


आज सबैभन्दा बढी धनुषामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्सामा ४९, महोत्तरी र सर्लाहीमा ३५÷३५, बारामा ३०, सप्तरीमा ४ र रौतहटमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिनुभयो । 


धनुषामा आज जनकपुर १२, ईलाका प्रहरी कार्यालयमा १, बन्दीपुरमा १, कृषि विकास बैँक मिल्स एरियामा १, स्वास्थ्य कार्यालयमा २, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको तुल्सीयाहि निकास हेल्थ पोष्टमा २, सिभिल बैँकका १, सोनामाईमा १, ट्राफिक प्रहरी कार्यालयका १, ईलाका प्रहरी कार्यालय हंसपुरका १, मुख्यमन्त्री कार्यालयका १, महेन्द्रनगरका १, गणेशमान चारनाथ नगरपालिकाका २, औरही गाउँपालिकाका ५, विदेह नगरपालिकाका २, हंसपुर नगरपालिकाको कठपुल्ला हेल्थ पोष्टका १४ र धनुषाधाम तथा मिथिला विहारी नगरपालिकामा घरभई सो पोष्टमा कार्यरत १÷१ जना, क्षिरेश्वरनाथ नगरपालिकाका १, नगराईन नगरपालिकाका १४, लक्ष्मीनियाँको बनिनियँ हेल्थ पोष्टका ५ र ठाउँ नखुजेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


त्यस्तै पर्साको वीरगंजमा १७, नगवामा ४, गहवामा २, रानीघाटमा २, त्रिमुर्ति हलमा २, रेशमकोठीमा २, एनएमसिटिएचका १, बरबाहरियाका १, मोरंग जिल्लाका १, पोखरिया नगरपालिकाका १२, उदयपुर घुरमीका १, काठमाडौँ बनकोरका १, भकरा मसियानीका १, हरपतगंज हेल्थ पोष्टका १ र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


महोत्तरीको जलेश्वरमा १, गौशालामा १, बर्दिबास नगरपालिकामा १६, औरही नगरपालिकामा १, बर्दिबासको साना किसान संस्थाका २, नबिल बैँकका ३, रामगोपालपुरका १, टिमकियाका १, लोहरपट्टी नगरपालिकाका ४, बलवा नगरपालिकाका १ र पिपरा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..