» » रुपन्देही र कपिलवस्तुमा लकडाउन र निषेधाज्ञा थप

कपिलवस्तु भदौ ८ गते । रुपन्देही जिल्लामा जिल्ला प्रशासन कार्यालयले आफूले जारी गरेको लकडाउन पुनः थप गरेको छ । जिप्रकाले आज राति १२ बजेसम्मलाई जारी गरेको लकडाउन आज पुनः थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले जानकारी दिनुभयो । 


उहाँले भन्नुभयो, ‘महामारी समुदायस्तरमा नियन्त्रण गर्न यही भदौ १४ गते राति १२ बजेसम्मका लागि पुनः थप गर्ने निर्णय गरेका छौँ ।’ 


जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको निर्णय र जिल्लामा कोभिड प्रभाव फैलिँदै गएका अवस्थालाई ध्यानमा राखी संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम विशेष आदेशमार्फत जिल्लामा थप कडाइको सूचना जारी गरिएको जनाइएको छ ।


कपिलवस्तु जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलँदै गएकाले नियन्त्रणका लागि निषेधाज्ञा एक हप्ता थप गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । यही भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप जारी गरिएको जिप्रकाले जनाएको छ ।  


अहिलेसम्म जिल्लामा एक हजार ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना सङ्क्रमणकै कारण दुई जनाको ज्यान गएको छ । 


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..