» » कोरोना अपडेटः प्रदेश २ हालसम्म ४७ जनाको मृत्यु, सक्रमणसँख्या सातहजारभन्दा बढी

काठमाडौं भदौं १ गते । प्रदेश २ मा कोरोना संक्रमितको सँख्या सात हजार भन्दा बढी भएको छ । आजै मात्र २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । रौतहटको गौर नगरपालिका वडा नम्बर २ का ३२ वर्षीय र धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ६५ का एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।


यस सँगै यस प्रदेशमा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । पर्सामा २१, धनुषामा ९, बारामा ६, रौतहट र सप्तरीमा ३÷३, महोत्तरी र सिरहामा २÷२ र सर्लाहीमा १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।


आज बारामा १०६ जना, पर्सामा २७, रौतहटमा १९, सर्लाहीमा १८, धनुषामा १७, महोत्तरीमा १४, सप्तरीमा ६ र सिरहामा ४ जनामा गरी २११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिनुभयो । 


बाराको कलैया उपमहानगरपालिकामा ४ जना, नीजगढ नगरपालिकामा १, ईलाका प्रहरी कार्यालय निजगढमा १, एपिएफ नीजगढमा २, जीतपुर सिमरामा २, महागढीमाई नगरपालिकामा १, स्वास्थ्य शाखा बारामा २९ र ठाउँ नखुलेको स्थानका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।


पर्साको वीरगंजमा १८ जना, वीरगंज भंसारमा २, सखुवा प्रसौनी गाउँपालिकामा ३ र ठाउँ नखुलेको स्थानका ४ जनामा संक्रमण पुष्टि भएको हो । रौतहटको कटहरिया नगरपालिकामा १, गरुडा नगरपालिकामा १, गौर नगरपालिकामा १, राजदेवि नगरपालिकामा ३ र ठाउँ नखुलेको स्थानका १३, सर्लाहीको लालबन्दी नगरपालिकाका २, लालबन्दी घर भई प्रादेशिक अस्पतालमा रहेका १, खानेपानी तथा सरसफाई डिभिजन मलङ्गवाका १, बरहथवा नगरपालिकाका ११, हरिपुर नगरपालिकाका १ र ठाउँ नखुलेको स्थानका २ जना, धनुषाको जनकपुरधाममा ५, आनन्दनगरमा १, जनकपुर ओपिडिमा १, धनुषा घर भई हाल काठमाडौँ रहेका १, धनौजी गाउँपालिकाका २, मिथिला नगरपालिकाका ४, जिल्ला अदालत धनुषाका १ र जनकपुरधामको गोपाल धर्मशालाको क्वारेन्टिनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिकामा ४, बर्दिबाँस नगरपालिकामा ७, पिपरामा १, परौलमा १ र ठाउँ नखुलेको स्थानका १ जना, सप्तरीको राजविराज नगरपालिकामा १ र छिन्नमस्ता गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सिरहाको विष्णुपुर गाउँपालिकामा १, मिर्चैया नगरपालिकामा १ र जिल्ला अस्पतालमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..