» » प्रदेश २ मा १४ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

जनकपुर साउन २० गते । प्रदेश २ को महोत्तरीमा १५, धनुषामा १२, सप्तरीमा ७, सिरहामा १ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँका सरकारले जनाएको छ । 

त्यसमा १४ जना नेपाली सेना पनि रहेका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार महोत्तरीमा संक्रमण पुष्टि भएकाहरु सम्सी गाउँपालिका–३ स्थायी ठेगाना भई हाल प्रादेशिक अस्पतालमा रहेका ३२ वर्षीय पुरुष र रणभिम गण प्रकौली ब्यारेक जलेश्वरमा कार्यरत १४ जना नेपाली सेना रहेका छन्।

योसँगै प्रदेश २ मा संक्रमितको सँख्या ५ हजार ४५ पुगेको छ । धनुषाका संक्रमितहरु जनकपुरधाम उपमहानगरपालिकाका ५ जना, जनकपुर वडा नम्बर १ स्थित माछापुछ्रे बैंकमा कार्यरत एक महिला र २ जना पुरुष कर्मचारी, सबैला नगरपालिकाका एकजना पुरुष, धनौजी गाउँपालिकाका एक पुरुष, विदेह नगरपालिकाका एक पुरुष र जनस्वास्थ्य कार्यालय धनुषामा कार्यरत एक महिला कर्मचारी रहेको निर्देशनालयले जनाएको छ । 

सप्तरीको राजविराज नगरपालिकाका ७ जना सिरहाको औरसाका एक पुरुष र सर्लाहीको रामनगर गाउँपालिकाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा २७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म यस प्रदेशमा निको हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ भने १९ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..