» » विजय महराका परिवारलाई प्रदेश २ सरकारबाट पाँचलाख राहत


काठमाडौं भदौ १४ गते । प्रदेश २ सरकारले इलाका प्रहरी कार्यालय गरुडा रौतहटको थुनामा रहेको र उपचारको क्रमममा मृत्यु भएका विजय महराको परिवारलाई पाँच लाख रुपियाँ राहत प्रदान गरेको छ । 

कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको शिलशिलामा इलाका प्रहरी कार्यालय गरुडा रौतहटको थुनामा रही उपचारको क्रममा भदौं ११ गतेका दिन नेशनल मेडिकल कलेज विरगञ्जमा मृत्यु भएको थियो । 

साउन ३१ गते रौतहटको गरुडा नगरपालिका वडा नं ८ का निरन्जन रामको घाँटी रेटेर हत्या भएको थियो । उक्त हत्या आरोपमा पक्राउ परेका विजय महरालाई ईलाका प्रहरी कार्यालय गरुडाको हिरातमा राखेको थियो । बिजयका बुवा पनिलाल महराले प्रहरीले यातना दिएर आफ्नो छोरालाई हत्या गरेको दावी गर्नुभएको छ ।  

हिरासत कक्षमा पक्राउ पश्चात आर्थिक प्रलोभनमा परि वास्तविक दोषीलाई जोगाई मेरो छोरालाई फँसाउर्न साविती बयान दे’ भन्दै प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो र अन्य ३ जना नाम, थर, दर्जा थाहा नभएका प्रहरीहरुले मेरो छोराको टाउको, पिठ्यँु, खुट्टा, कम्मर र हिपमा लाठी, बुट, मुक्का र प्लास्टिकको पाइपले पटक पटक गरी तीन दिन सम्म घोप्टो पारि, उल्टो झुण्डयाई, कुटपिट गरी, खुट्टा र पिठ्यँुमा करेन्ट समेत लगाई शारीरिक यातना दिएको कारण मेरो छोरा विजय महराको मृगौला तथा टाउकोमा गम्भिर चोट लागि पिसाब फेर्दा रगत बग्ने भएको थियो । यातनाका चोटको कारण मेरो छोरा वेहोस भएपछि ईलाका प्रहरी कार्यालय गरुडाले पर्सा जिल्लाको वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजको आईसियु वार्डमा उपचार गराइरहेको अवस्थामा भाद्र ११ गते राति अन्दाजी १ बजे मृत्यु भएको थियो । 

तर डिएसपी ज्ञान कुमार महतोले बिजय महरा किड्नीको बिमारी भएको र सोही रोगका कारणले उपचारका क्रममा उनको मृत्यु भएको र प्रहरीले यातना नदिएको दाबी गर्नुभएको छ । पीडितका परिवारले पक्राउ अघि बिजय महरा स्वस्थ रहेको र उहाँलाई किड्नी लगायत कुनै पनि रोग नलागेको दावी गर्नुभएको छ भने उपचारका क्रममा रहेको छोरालाई अस्पतालमा भेट्न जाँदा पनि प्रहरीले भेट गर्न नदिएको गुनासो गर्नुभएको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..