» » मुख्यमंत्रीको राजीनामा मांग गर्दै प्रदर्शन

धनुषा भदौं ६ गते । गत ३ गते रातिको ९ बजे मन्दिरको पूजा सकी भोजन गरी रहेका रौतहट माधवनरायण नगरपालिकाको खेसरहिया स्थित हनुमान मन्दिरका सन्त श्रीराम साहलाई गोली हानी हत्या गरेको बिरोधमा राष्ट्रीय एकता अभियानले विभिनन जिल्लामा प्रदर्शन गरेको छ । 


अभियानले प्रदर्शन गर्दै मुख्यमंत्री लालबाबु राउतको राजीनामा मांग गरेको छ। अभियानका रौतहट संयोजक शंकर दासको नेतृत्वमा भएको प्रदर्शन सुरक्षा दिन नसक्ने मुख्यमन्त्री लालबाबु राउतले राजीनामा देनिुपर्ने माग गरेको छ । सन्त श्रीराम साहको हत्यारलाई अबिलम्ब कार्यवाही ग़री हिन्दूमाथि भइरहेको दमन रोक्न माग गरेको छ । 


 त्यस्तै राष्ट्रिय एकता अभियान पर्साले प्रदेश सरकारविरुद्ध वीरगन्जमा विरोध प्रदर्शन गरेको छ ।रौतहटस्थित हनुमान मन्दिरका पुजारी सन्त श्रीराम साहको निर्ममता पूर्वक हत्या गरेको विरोधमा अभियानले वीरगन्ज २१ परवानीपुर बजारमा प्रदर्शन गरेका हुन् ।

अभियानका कार्यकर्ताहरुले प्रदेशमा शान्ति सुरक्षाको प्रत्याभुत दिलाउँन असफल रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजीनामाको माग गरेको अभियानका अध्यक्ष विनय यादवले बताउनुभयो । प्रदेशमा दिन प्रतिदिन हत्याहिंसाको घटना भइरका छन् तर प्रदेश २ सरकार मुकदर्शक बनेको भन्दै अभियानका नेता कार्यकताहरुले आक्रोश पोख्दै विरोध गरेका हुन् ।


विरोध प्रर्दशनमा सहभागिले पुजारी साहको हत्यामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गरेका छन् । उनीहरुले साधु सन्त एवं हिन्दु अभियानताको सुरक्षा दिन नसक्ने मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग समेत गरेका हुन् ।

अभियानका केन्द्रीय सदस्य कृष्ण साहले ८५ प्रतिशत हिन्दु बाहुल देशमा एकजना सन्तको हत्या हुनु दुखद रहेको बताउनुभयो । मुलुकमा धर्म निरपेक्ष हुँदा पनि हिन्दुमाथिको आक्रमण हुनु दुर्भाग्य छ उहाँले भन्नुभयो, ‘रौतहटका सन्तलाई षडयन्त्रपूर्वक हत्या गरिएको हुनाले दोषीलाई अविलम्ब पक्राउ गरी कडाभन्दा कडा कारवाही गरिनुपर्छ ।’

सरकारले हत्यालाई पक्राउ नगरे कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावी दिँदै यसबाट उत्पन्न असज परिस्थतीको जिम्मा सरकारले नै लिने उहाँले चेतावनी दिनुभयो ।

अभियानका परवानीपुर गाउँपालिका संयोजक अनिल यादवको अगुवाईमा गरिएको विरोध प्रर्दशनमा अभियानका राहुल सर्राफ, सौरभ तिवारी, अनिल कुशवाहा, संजय साह, सोनु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..