» » मल नपाएको किसान समक्ष कृषि मन्त्रालयले व्यक्त गरेयो दुख

काठमाडौं भदौं १ गते । किसानले मल नपाएको झोकमा आन्दोलन गर्न लाग्दा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आफ्नो लचारीपना देखाएको छ । 

किसानले मल पाएको छैन भने उसलाई कसरी मल उपलब्ध गराउने व्यवस्थामा लाग्नुको सट्टा किसानलाई समयमा मल उपलब्ध गराउन नसकेकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुख व्यक्त गरेको छ । बहाना कोभिड १९ लाई बनाएको छ जब कि गत आर्थिक वर्षमै टेण्डर भइसकेको थियो । 

कोरोना शुरु भएदेखि नै यति टन बाटोमा छ उति टन बाटोमा छ । बोर्डमा आइसक्यो भन्दै आएका मन्त्रालयले अहिले आएर किसानलाई समयमा रसायनिक मल उपलब्ध गराउन नसकेकोमा दुख व्यक्त गरेको छ ।

मन्त्रालयका सचिव राजेन्द्र भारीले सोमवार एक विज्ञप्ति जारी गरी कोरोनाका कारण चाहेर पनि रसायनिक मल समयमा आयात गर्न नसकेको लचारीपना देखाएका छन् । मन्त्रालयले लगातार बढ्दै गएको मागको तुलनामा आपूर्ती कम हुँदा हरेक वर्ष केही हदसम्म किसानले मलको अभाव व्यहोर्दै आएको स्वीकार गरेको छ । 

प्रत्येक वर्ष मल अभाव हुने गरेको कुरालाई स्वीकार गर्दै सचिव भारीले मल अभाव हुने गरेको कुरालाई मध्यनजर गर्दै थप एकलाख २० हजार मेट्रिक टन मल खरिद गर्न अतिरिक्त बजेटको व्यवस्था गरिएपनि कोरोना महामारीका कारण समयमा आपूर्ती हुन नसकेको मन्त्रालयले दावी गरेको छ । थप परिणामको मल आयातका लागि २०७६ पुस–माघमा टेण्डर गरिएको मन्त्रालयले जनाएको छ । 

सचिव भारीले धान रोपाईमा डिएपी मल आवश्यकता अनुसार आपूर्ती गरेपनि धानबालीमा टप ड्रेसिङका लागि आवश्यक पर्ने युरिया मल पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिएको स्वीकार गरेका छन् । आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत आयात हुने ३२.१९० मेट्रिक टन युरिया मल कलकत्ता बन्दरगाहबाट नेपालतर्फ ढुवानी शुरु भएको र एक हप्तामा नेपाल भित्रिनेछ । कृषि सामाग्री कम्पनीमार्फत आयात हुने अर्को लटको युरिया मल आउने क्रममा रहेको बताउँदै अगामी दिनमा धान बालीमा आवश्यकपर्ने युरिया मलको अभाव नहोस् भन्नेमा मन्त्रालय प्रयासरत रहेको छ ।  

हाल मन्त्रालयसँग दुई लाख मेट्रिकटन मल वितरण गर्न बाँकी रहेको छ । सरकारले अनुदानको मल आयातको जिम्मा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनलाई दिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले दुई आर्थिक वर्षगरि छलाख चालिस हजार बोरा युरिया मलको टेण्डर गरेको थियो त्यसमध्ये बल्ल चारहजार बोरा जोगबनीमा आइपुगेको छ । कृषि सामग्री कम्पनी लि.ले गत आवमा दुईलाख ७६ हजार मेट्रिकटन मल आयात गरिसकेको र ५० हजार मेट्रिकटन युरिया मल आयात गर्न बाँकी रहेको छ । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..