» » ओली र प्रचण्डबीच आज होला त सहमति ?


काठमाडौं साउन २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच आज तेस्रो दिन पनि वार्ता शुरु भएको छ । दुई दिन आआफ्नो अडानमा रहनु भएका अध्यक्षद्धय बीच आज सहमति हुने आशा गरिएको छ ।  

\अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष पदमध्ये कुनै एउटा पदबाट राजिनामा दिन ओलीलाई भनिरहनु भएको छ भने प्रधानमन्त्री ओलीले आफू कुनै पनि पदबाट राजिनामा नदिने भन्दै आएका छन् । बरु पार्टीमा देखिएको विवादलाई समाधान गर्न पार्टीको महाधिवेशन गरौं भनि ओलीले भन्दै आएका छन् भने प्रचण्डले महाधिवेशन गर्नुभन्दा पहिले स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बसौं भनि भन्दै आएका छन् तर ओली त्यसमा सहमत हुनुहुन्न ।

ओलीले स्थायी कमिटीको बैठकले महाधिवेशन गर्ने निर्णय गरिसकेका हुनाले अब स्थायी कमिटी र केन्द्रीय समिति बैठकको आवश्यक नरहेको भन्दै स्चिवालयको बैठकबाट महाधिवेशनको तयारीमा जाउ भनि भनिरहनु भएको बालुवाटार स्रोतले जनाएको छ । पार्टीमा देखिएको नेतृत्वको विवाद महाधिवेशनले मात्र समाधान गर्न सकिने भन्दै ओलीले यसअघि भएका सहमतिका आधार नै पार्टीलाई अगाडि बढाउ भनिरहनु भएको छ । 

गत मंसिर ४ गते अध्यक्ष प्रचण्ड कार्यकारी अध्यक्ष रहने र प्रधानमन्त्री ओली पाँच वर्ष सरकार चलाउने सहमति भएको थियो । सोही सहमतिका आधारमा अगाडि बढ्नुपर्ने प्रधानमन्त्रब्ी अ‍ोलीको अडान रहेको छ । त्यसमा अध्यक्ष प्रचण्डले त्यसो भए २०७५ जेठमा भएको सहमति अनुसार नै अगाडि बढौं भनि रहेका छन् ।

 जेठमा भएको सहमति अनुसार दुईजना अध्यक्ष रहने र प्रधानमन्त्री अढाई अढाई वर्ष चलाउने थियो । या कि जेठमा भएको सहमतिका आधारमा अगाडि बढौं या दुवै सहमति छाडेर नयाँ ढंगबाट सहमति गरौं भनि प्रचण्डको प्रस्ताव रहेको छ तर अहिले कुनै पनि नयाँ सहमति नहुने ओलीले भनिरहेको छनु । यिनै लफडाको बीचमा दुवै अध्यक्षको बीचमा लछफल भइरहेको छ । 

आज बालुवाटारमा बसेको बैठकले केही नकेही नकेही सहमति हुने आशा गरिउको छ । अध्यक्षसँगको छलफलमा सचिवालय सदस्य झलनाथ खनाल र पार्टी स्थायी कमिटीका सदस्य सुवास नेम्वागं रहनु पनि रहनु भएको छ । 
असार १० गतेदेखि शुरु भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामाको कुरा उठेपछि पार्टीमा विवाद शुरु भएको छ । 

प्रधानमन्त्री अ‍ोलीको राजिनामा कुरा उठेपछि स्थायी कमिटीको बैठक नै प्रभावित भएको छ । प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक बसाउन चाहनु भएको छैन । पटक पटक स्थायी कमिटीको बैठक बस्ने तय भएपनि दुईजना अध्यक्षको बीचमा सहमति नभएको भन्दै पटक पटक स्थगित हुँदै आइरहेको थियो । 

साउन ६ बसेको स्थायी कमिटीको बैठकले १३ गतेका लागि बैठक तय गरेको थियो तर त्यो दिन दुईजना अध्यक्षको बीचमा सहमति नभएको भन्दै प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेको थियो । प्रधानमन्त्री अ‍ोलीले बैठक स्थगित गरेपनि अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निवासमै बैठक सञ्चालन गर्नुभएको थियो । त्यो बैठकमा ओली पक्षका स्थायी कमिटीका सदस्यहरु उपस्थित थिएन । 

त्यो बैठकलाई ओली समूहका नेताहरुले गुटको भेला भनिरहनु भएको छ । तर प्रचण्ड र माधव पक्षका नेताहरुले त्यसलाई स्थायी कमिटीको बैठक नै भन्दै आइरहनु भएको छ । 

साउन १३ गते नै नेकपाका उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव बाहिर ल्याएपछि पार्टीमा तरगं नै ल्याइ दिएको छ । पार्टीभित्रको समिकरण नै परिवर्तन भएको चर्चा हुन थालेको छ । प्रचण्ड पक्षमा रहनु भएका गौतम प्रधानमन्त्री ओलीको पक्षमा गएको चर्चा शुरु भएको छ । किनभने गौतमल ल्याउनु भएको प्रस्ताव ओलीको हितमा रहेको विश्लेषण भइरहेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..