जसपाले ५१ सदस्यीय कार्यकारणी समितिका सम्पूर्ण सदस्य तथा पदाधिकरीलाई आजदेखि २४ गतेसम्म ललितपुरको चासलस्थित तुलसी लाल अमात्य स्मृति प्रतिष्ठानमा प्रशिक्ष्ण हुने बताइएको छ ।
पार्टीको सैद्धान्तिक अवधारणाको बारेमा चार दिनको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको जसपा नेपालले जनाएको छ ।
सो प्रशिक्षण कार्यक्रममा पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणा, पार्टी संगठन र यसको कार्यपद्धति, वर्तमान राजनीतिक अवस्था र अगामी कार्यभारलगायतका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।
चार दिनसम्म चल्ने प्रशिक्षण सम्पन्न भएपछि २५ र २६ गते कार्यकारिणी समितिको बैठक बस्नेछ । सो बैठकले पार्टी समायोजन, कार्यविभाजन, संगठनात्मक कार्ययोजना, राजनीतिक कार्ययोजना लगायत विभिन्न विषयहरुमा छलफल हुने कार्यकारी समितिका सदस्यहरुलाई पठाएको पत्रमा उल्लेख छ ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागि हुनका लागि पार्टीले नाम दर्ता शुल्क एकहजार रुपियाँ तोकिएको छ । एक हजार रुपियाँ तिरेर नाम दर्ता गराएका सदस्यहरु मात्र त्यसमा सहभागि हुन पाउने व्यवस्था गरिएको छ ।
बैठकमा भाग लिनका लागि कार्यकारिणी समितिका अधिकाँश नेताहरु काठमाडौं आइसकेका छन् । कतिपय नेताहरुको कोरोनाका कारण नआउने पनि भएका छन् । देशमा फैलिरहेको कोरोनाको महामारीको त्रासको बीचमा भइरहेको पार्टीको प्रशिक्षणमा समाजिक दुरी कायम गरी बस्न लगाउने बताइएको छ । सबैलाई माक्स अनिवार्य गरिएको छ ।
तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भइ जसपा नेपाल बनेको हो । पार्टीमा सबै समायोजनका काम बाँकी नै छ । पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहनु भएको छ भने डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतो वरिष्ठ नेता रहनु भएको छ ।
No comments: