» » जसपा नेपालको दोस्रो दिनको बैठक पनि जारी

काठमाडौं साउन २२ गते । तत्कालिन समाजवादी पार्टी र राजपा नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी नेपालको बैठक काठमाडौमा जारी छ । 

आज दोस्रो दिन पनि ललितपुरको च्यासलस्थित तुलसी लाल आमात्य स्मृति प्रतिष्ठानको सभाहलमा बैठक जारी छ । 

हिजो बैठकमा प्रस्तुत भएको कार्यसूचीको आजदेखि छलफल हुने बताइएको छ । 

कोरोना महामारी फैलिरहेको विषयलाई मध्यनजर गर्दै बैठकको कार्यसूचीमा केही हेरफेर गरिएको छ । शुरुमा चारदिन प्रशिक्षण र बाँकी दुई दिन कार्यकारिणी समितिको बैठक गर्ने कार्यसूची थियो तर अब शुरुमै कार्यकारिणी समितिको बैठक गर्ने र परस्थिति हेरेर प्रशिक्षण कार्यक्रम गर्ने तयारी रहेको बताइएको छ । 

बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, देशको समसामयीक राजनीतिक अवस्था, पार्टी समायोजन, पार्टीको आचारसहिंता लगायतको विषयमा पनि छलफल हुने बताइएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..