» » सरिता गिरीलाई कारवाही गर्दा उपेन्द्र यादव छोराको विरोध

काठमाडौँ असार २३ गते । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई गरेको कारवाहीलाई उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले पनि आपत्ति जनाउनु भएको छ ।


राजपा नेपालसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल बनाएको समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको बैठकले सांसद गिरीलाई गरेको कारवाहीप्रति अमरेन्द्र यादवले आफ्नो फेसबुकमार्फत आपत्ति जनाउनु भएको हो ।


उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव विराटनगरपालिकाका पार्टी अध्यक्ष पनि हुनुहुन्छ । राष्ट्रवादी बन्ने चक्करमा आफ्नो सांसद घटाउँदै र भूमिकाविहिन फेसबुकियाले ठाउँ पाउने संकेत गर्दै उहाँले कहिले रेशम चौधरी त कहिले हरिनारायण चौधरी त कहिले सरिता गिरीलाई कारवाही हुने गरेको तर जग्गा घोटलामा मुछिएका तथा ७० करोड घोटाला गरेका गोकुल बास्कोटाहरु कसरी राष्ट्रवादी भएको प्रश्न गर्दै उहाँले आफ्नै सांसद सरिता गिरीको फरकमत राख्ने अधिकारको जवाफको सट्टा नश्लीय राष्ट्रवादको अगाडि आत्मसर्पण जस्तै भएका टिप्पणी गर्नुभएको छ ।

त्यसैगरि, समाजवादी पार्टीले सांसद सरिता गिरीलाई गरेको कारवाही फर्ता लिन राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले पार्टीलाई आग्रह गर्नुभएको छ ।

पार्टीले कारवाही गरेको समाचार बाहिर आउने वित्तिकै उहाँले आज आफ्नो ट्वीटमा लेख्नुभएको छ, सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानविन प्रतिवेदनको आधार कारवाही गरी निष्काशन र सांसदबाट निलम्बन हुने विषय खेदनजनक छ ।’
संसदमा आफ्नो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारवाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरित रहेको भन्दै उहाँले सो निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ ।


समाजवादी पार्टीको आज बसेको बैठकले उहाँलाई सांसद र पार्टीको साधारण सदस्यबाट निस्काशित गरेको छ ।

नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उहाँलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उहाँलाई कारवाही गरेको पार्टीले जनाएको छ ।

नयाँ नक्साअनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गउनु भएको थियो ।

सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण न खुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उहाँले माग गर्नुभएको थियो । सो प्रस्ताव दर्ता गराएपछि उहाँको निकै आलोचना भएको थियो । आलोचना भएपछि सांसद गिरीलाई समाजवादी पार्टी संसदीय दलबाट सो विधेयक फिर्ता लिनका लागि उहाँलाई निर्देशन दिएको थियो ।

फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो । तर गिरीले सो विधेयक फिर्ता लिन नमाने पछि उहाँलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआएको भन्दै उहाँलाई कारवाही गरेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..