सहारा टाइम्स
काठमाडौं साउन ६ गते । मुस्लिम आयोगले भूमिहीन मुस्लिम परिवारहरुलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीसँग छलफल गरी भूमिहीन मुस्लिम समुदायलाई जग्गा उपलब्ध गराउन माग गर्नुभएको हो ।
२०४७ देखि ०७७ सालसम्म आइपुग्दा विभिन्न चरणमा १ लाख ५४ हजार जनाले दरखास्त दिएपनि हालसम्म कसैले जग्गा नपाएको बताउँदै अध्यक्ष मियाँले कम्तीमा ०.५ प्रतिशत भूमि मुस्लिम समुदायलाई जग्गा उपलब्ध गराउन माग गर्र्नुभयो । उहाँले देशभर ७० हजारभन्दा बढी मुस्लिम परिवारहरु भूमिहीन रहेको भन्दै प्राथमिकतामा राखेर समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
आयोगका अध्यक्ष ज्ञवालीले अहिले १४ लाख भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउन लागिएको र त्यसमा सबै समूदायका भूमिहीनहरु पर्ने आश्वासन दिनुभएको मुस्लिम आयोगले जनाएको छ ।

No comments: