काठमाडौं असार २३ गते । पछिल्लो समय नेपालको राजनीतिमा चीनको हस्तक्षेपकारी भूमिका बढ्दै गइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवादमा चिनियाँ राजदूत होउ यान्छीले अनावश्यक सक्रियता बढाएपछि त्यसको विरोध शुरु भएको छ ।
चिनियाँ राजदूत यान्छीले देखाएको सक्रियताको विरोधमा विपक्षी कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघले आज प्रर्दशन गरेको छ ।
यान्छीले एकपछि अर्को गरी नेकपाका ानेताहरुसँग भेटवर्ता गरेपछि कूटनीतिक मर्यादाविपरीत सक्रियता जनाएको भन्दै नेविसंघले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको बताइएको छ । नेविसंघका नेताहरुले कुटनीतिक मर्यादाविरीत सक्रियता नदेखाउन चिनियाँ राजदूता यान्छीलाई आग्रह गर्नुभएको छ ।
आइतबार राती नेकपाका वरिष्ठ नेता माधव नेपाललाई भेट्नु भएको राजदूत यान्छीले मंगलबार अर्का वरिष्ठ नेता झलनाथ खनाललाई उहाँकै निवासमा गएर भेट्नु भएको थियो ।
त्यसअघि उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु भएको थियो ।

No comments: