» » कोरोनाका कारण सिरहा रोड सिल

सप्तरी साउन १० गते । सप्तरीको राजविराजमा कोरोना भाइरसका सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको छ । राजविराजका एकजना ७३ वर्षीय वृद्धको मृत्यु भएपछि कोरोना भाइरस समुदायमा फैलिइएको छ ।

त्यसरी समुदायमा फैलिएपछि राजविराजमा कफ्र्यु लगाइएको छ आजदेखि सिरहा रोडलाई  सिल गरिएको छ । राजविराज नगरपालिका–६ को राम मन्दिरदेखि सखडा रोड जाने बाटोसम्म निषेधित क्षेत्र कायम गरी सिल गरिएको छ ।

 पछिलो पटक स्वाव परीक्षणपछि राजविराज–६ का एकै परिवारका चारसहित सात जनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएपछि त्यहाँ सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले तत्काल सिल गरेका थियो ।

पछिल्लो रिपोर्टअनुसार राजविराज–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएको एउटै परिवारमा चार जनालाई कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार  ६९, २९ र २२ वर्षीय पुरुष तथा ४० वर्षीय महिलामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ।

साउन १ गते कोरोनाका कारण मृत्यु भएका ७३ वर्षीय व्यापारीको परिवारका पाँच जना सदस्यसहित छरछिमेकमा कोरोना पोजिटिभ पाइएको छ। सप्तरी जिल्लाको राजविराजमा कोरोना सङ्क्रमण समुदायमा फैलिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आज तेस्रो दिन पनि राजविराज बजार सुनसान छ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..