काठमाडौं साउन ३प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मस्थल पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएकोप्रति प्रदेश २ का विभिन्न जिल्ला सदरमुकाममा आज विरोध प्रदर्शन भएको छ ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुर र रौतहटमा समेत प्रधानमन्त्री ओलीको विरोधमा प्रदर्शन भएको छ । जनकपुरको विभिन्न भागमा ¥याली निकाल्दै हिन्दु युवा परिषद नेपाल, विश्व हिन्दु परिषद, रामानन्दीय वैष्णव संघ लगायतका आयोजनामा प्रधानमन्त्री ओलीको विरुद्धमा प्रदर्शन भएको छ ।
भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अयोध्या भारतमा नभई नेपालकै पर्साको ठोरीमा रहेको भन्दै भारतले नक्कली अयोध्या खडा गरेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले राम जन्मस्थल सम्बन्धमा विवादित बयान दिएको भन्दै नेपाल–भारतमा यस अभिव्यक्तिलाई लिएर व्यापक आलोचना भइरहेको छ ।
प्रदर्शनकारीले ‘धर्म र आस्था माथिको राजनीति बन्द गर, हिन्दुत्वता नै राष्ट्रियता हो, धर्म निरपेक्षता मुर्दाबाद, तथ्यहीन विवाद बन्द गर, केपी ओली मुर्दाबादजस्ता नारा गलाउँदै प्रदर्शन गरिएको थियो ।
त्यस्तै जिल्ला समन्वय समिति रौतहटका सदस्य अशोक कुमार झाको अगुवाइमा बिश्व हिन्दु परिषद रौतहट शाखाले समेत प्रधानमन्त्री ओलीले भगवान रामको जन्म नेपालमा भएको भनि दिएको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेको छ । पर्साको विरगञ्जमा समेत प्रधानमन्त्री ओलीको विरोध गर्दै पुल्ला दहन गरिएको थियो ।

No comments: