» » कपाल मुण्डन गरिएको व्यक्ति नेपाली होइन भारतीय हुन्

काठमाडौं साउन ३ गते । भारतको बनारसमा नेपाली नागरिकलाई कपाल मुण्डल गरिएको व्यक्ति भारतीय रहेको खुलेको छ ।

 भारतीय नागरिकले उहाँको कपाल मुण्डन गरी जय श्रीराम लेखि प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नारा लगाएको भनि व्यक्ति नेपाली रहेको भन्दै सो भिडियो भाइरल भएको थियो ।

 कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभई भारतीय नागरिक नै भएको वाराणसीका एसएसपी अमित पाठकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

कपाल मुण्डन गरिएका व्यक्तिलाई  प्रहरीले सोधपुछ गरेपछि उहाँ भारतीय रहेको खुलेको हो । ती व्यक्तिलाई एक हजार रुपैयाँको लोभ देखाएर सो भिडियो बनाइएको हो। उक्त खुलासापछि प्रहरीले हिन्दु सेनाका संस्थापक तथा मुख्य आरोपी अरुण पाठकलाई पनि खोजिरहेको छ ।

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म चार जनालाई नियन्त्रणमा लिइसकेको छ।
यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि उक्त घटनामा संलग्नलाई कारबाही गर्ने आश्वासन दिनु भएको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..