सहारा टाइम्स,
काठमाडौं साउन ७ गते । कोरोना भाइरसका कारण महोत्तरीका ६० वर्षीय एक पुरुषको निधन भएको छ ।
खोकी, उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि उहाँलाई साउन २ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो ।
उहाँको उपचार सघन उपचारकक्षमा भइरहेको थियो । उपचारकैक्रममा उहाँको निधन भएको हो । उहाँको कोरोना परिक्षण गर्दा रिर्पोर्ट पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रायकाका प्रवक्ता जागेश्वर गौतमले जनाउनु भएको छ ।
त्यस्तै आजै एकजना चिनियाँ नागरिकको पनि कोरानाका कारण मृत्यु भएको छ । पोखरामा काम गर्दै आउनु भएका एक ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
कोरोना पुष्टि भएपछि थप उपचारका लागि टिचिङ लगिएकोमा बुधबार उहाँको निधन भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

No comments: