जनकपुर साउन ६ गते । लगातार वर्षाका कारण प्रदेश २ का आठवटै जिल्ला प्रभावित बनेका छन् । प्रदेश २ प्रहरी कार्यालयका अनुसार हालसम्म २१९ घर विस्थापित र ८४५ मानिसहरु प्रभावित भएका छन् ।
प्रदेश २ का प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले बाढी पहिरोको उद्धारका लागि आठवटा जिल्लामा २ हजार ८१० र प्रदेश कार्यालय मातहतका ९६० गरी जम्मा ३ हजार ७७० प्रहरी परिचालन गरिएको बताउनुभयो ।
सप्तरीमा ३७०, सिरहामा ३४०, धनुषामा ३६०, महोत्तरीमा २९५, सर्लाहीमा ३८०, रौतहटमा ३९०, बारामा ३३० पर्सामा ३४५ प्रहरी परिचालन गरिएका छन् । यस्तै तालिम केन्द्र, विपद् जोखिम व्यवस्थापन, दंगा र गणका ९६० प्रहरी स्ट्यान्ड वाई राखिएको छन् ।
बाढी तथा डुबानमा परी हालसम्म २ जना वेपत्ता भएका छन् । दुई जना घाइते भएका छन् । साथै प्रहरीले चारजनालाई उद्धार पनि गरेको छ ।

No comments: