» » विप्लव समूहले लियो ६ विघा जमिन कब्जामा

बाँके साउन ४ गते । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको थारुवान स्वायत्त प्रदेश जनपरिषद् नेपालले बाँकेमा जग्गा कब्जा गरेको छ ।

सुकुम्बासी आयोगले केही वर्षअघि बाँडेको कोहलपुर नगरपालिका–४ किरणनाला छेउको ६ बिगाह जमिन जनपरिषदले कब्जा गरेको हो ।

त्यो जग्गा सुकम्बासीलाई बाँडिए पनि धेरैजना गैर सुकुम्बासी रहेको सो पार्टीले दावी गरेको छ । आयोगको अध्यक्ष सन्तोष बस्नेत हुँदा सो जमिन विभिन्न ४१ जनाको नाममा वितरण गरिएको थियो । त्यसमा अधिकाँश व्यक्ति सुकुम्बासी नरहेको दावी गरिएको छ । सो जग्गामा ब्यानर टाँगेर जग्गा कब्जा गरिएको घोषणा गरिएको छ  ।

सरकारको त्यो सार्वजनिक ६ विघा जमिन कित्ता नम्बर ७७, ७८ र ७९ लाई भूमाफियाले आफ्नो पहुँचको आधारमा लुटख्रोच गरिएको सो पाटीले दावी गरेको छ । जनताको प्रमुख दुश्मनको रुपमा रहेको लुटतन्त्र, दलालतन्त्र, र माफियातन्त्र नै आफूहरुको निशाना रहेकाले नै सो जग्गा कब्जामा लिएको पार्टीले उल्लेख गरेको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..