» » प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पार्टीले भनेपछि दिन्छु, भारतले भनेपछि दिन्न’

काठमाडौं साउन ३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिले प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केपी शर्मा ओलीको राजिनामाको विषयलाई लिएर घमासान भइरहेको छ । नेकपाका बहुमत सदस्यले ओली अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिनुपर्छ भनिरहनु भएको छ भने ओलीले आफू कुनै पनि पदबाट राजिनामा नदिने अडान लिएर बस्नु भएको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग कुरा उहाँले मलाई किन के कारणले प्रधानमन्त्री र अध्यक्ष पदबाट हटाउन खोजिएको छ त्यो कुरा मलाई थाह छ, पार्टीले राजिनामा मागेको भए म खुशी खुशी राजिनामा दिन्थे तर यो भारतको इशारामा राजिनामा माग्ने काम भइरहेकाले मैले कुनै पनि हालतमा राजिनामा दिन्न भन्नुभइकाृ छ । 

विवाद नै यसैमा हो । उहाँले मदन जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले दिनुभएको अभिव्यक्तिको बारेमा कुनै प्रतिकृया दिनु भएको छैन । बरु प्रचण्डसँगको छलफलमा ती कुरालाई पटक पटक दोहार्याइ रहनु हुन्छ । सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले यो आफ्नो लडाई भारतसँग रहेको छ, त्यो लडाईमा साथ दिन उहाँले नेताहरुलाई आग्रह गर्नुहुन्छ ।

त्यसमा प्रचण्डले भारतलाई देखाएर पार्टीको समस्याबाट पन्छिने काम नगर्न प्रधानमन्त्री ओलीले आग्रह गरेको स्रोतले जनाएको छ । पार्टीको समस्या एकातिर तपाईको टिप्पणी अर्कोतिर गइरहेको कारण यो समस्या शुरु भएको हो, उहाँले बैठकमा प्रधानमन्त्री ओलीलाई भन्नुभयो, पार्टीको निर्णय तपाईले नै स्वीकार गर्नुभएन भने पार्टीभित्र बेथिती निम्तिनेछ ।’

ओलीकै कारण पटक पटक स्थायी कमिटी बैठक स्थगित हुँदै आइरहेको छ । स्थायी कमिटीबाट हुन नसके केन्द्रीय समितिबाट नै पार्टीमा देखिएको समस्यालाई समाधान गरौं भनि प्रचण्डको प्रस्ताव छ तर प्रधानमन्त्री ओली त्यसमा पनि राजि हुनुभएको छैन । सकभर सचिवालयकै बैठकबाट नै सबै कुरा समाधान गरौं भनि चाहना प्रधानमन्त्री ओलीको रहेको छ । प्रधानमन्त्री ओलीको चाहना अनुसार नै आज सचिवालयको बैठक बसिरहेको छ ।   

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..