» » उपेन्द्र यादवले माग्नुभयो, प्रधानमन्त्री अ‍ोलीको राजिनामा

कामाडौं असार ३० गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छिमेकी मुलुक र अन्य राष्ट्रहरुसँग सम्बन्ध विगारेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्थालाई संकटग्रस्त बनाएको प्रतिकृया दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले हिजो एक कार्यक्रममा भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि अध्यक्ष यादवले आज आफ्नो फेसबुकमार्फत यस्तो प्रतिकृया दिनु भएको हो ।  छिमेकी मुलुकसँग सम्बन्ध विगारेर यस्तो अवस्थामा देशको लागि यो सरकार अभिसाप भएको भन्दै सरकारलाई हटाउनु नै जनताको हितमा हुने प्रतिकृया दिनु भएको हो ।

देशमा अत्यधिक वर्षाले गर्दा बाढी, पहिरो र डुबानमा परेको उल्लेख गर्दै उहाँले बाढीले गर्दा धेरै जना हराएका छन् र घरबारबिहीन हुनुको साथै कृषि वाली नष्ट भएको बताउनु भएको हो । उहाँले कोरोना महामारीका साथै झाडा पखालाले मानिसहरु अत्यन्त पीडितमा रहेको उल्लेख गर्दै सरकारले ठोस रुपमा यस समबन्धमा नीतिकार्यक्रम तथा राहतको कुनै योजना नल्याएको भनि टिप्पणी गर्नुभयो ।

देश महामारीको अवस्था छ, यस अवस्थामा सरकारले सबै शक्तिहरूलाई साथमा लिएर जनताको धन र जीवन रक्षा गर्नका लागि लाग्नु पर्ने थियो तर आफ्नै पार्टी र विपक्षीहरुसँग सहकार्य गर्न असफल भएको उहाँले टिप्पणी गर्नुभएको छ ।  

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..