» » सरिता गिरीले जसपाको विरुद्ध दायर गरिन् सर्वोच्चमा रिट


काठमाडौं असार २८ तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी नेतृ सरिता गिरीले पार्टीको विरुद्धमा सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।


उहाँले तत्कालिन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टी, प्रतिनिधिसभा, संसद सचिवालय, निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको हो ।


नयाँ नक्सा अनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकको फिर्ता लिन सांसद गिरीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनु भएको थियो । सो प्रस्ताव फिर्ता लिन पार्टीका संसदीय दलले निर्देशन दिए पनि उहाँले फिर्ता लिनु भएको थिएन । उल्टै विधेकमाथि चुनाव भएको दिन संसदको बैठक नै बहिष्कार गरेर हिड्नु भएको थियो । प्रस्ताव फिर्ता नलिए कारवाही गर्न बाध्य हुने संसदीय दलले पठाएको पत्रमै उल्लेख थियो ।


पार्टीको अनुशासन तथा ह्वीप उल्लङ्घन गरेको भन्दै पार्टीले उहाँसँग स्पष्टीकरण मागेको थियो । तर उहाँले पार्टीलाई सन्तोषजनक जवाफ नदिएको भन्दै पार्टीले उनलाई पार्टीको साधारण  सदस्य तथा संसद पदबाट समेत बर्खास्त गरी कारवाही गर्ने निर्णय गरेको थियो ।


कारवाहीमा परेपछि आज उहाँले अदालतमा रिट दायर गर्नुभएको छ ।  समाजवादी पार्टीको केन्द्रीय समितिबाट हुनुपर्ने निर्णय पार्टीको कार्यकारीणी कमिटीबाट गरेर कारवाही गरेको उहाँले आरोप लगाउनु भएको छ । आफूलाई कारवाही गरेको निर्णय नै अवैधानिक रहेको उहाँको जिकिर छ ।
#sarita_giri
#JSP_NEPAL

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..