» » प्रदेश २ मा वजेटको खर्च निराशाजनक


सहारा टाइम्स,
काठमाडौं साउन ७ गते । प्रदेश २ त्यतिकै कमजोर भएको होइन । विकासमा त्यतिकै पछाडी परेको होइन ।

प्रदेश २ बाट पटक पटक मन्त्रीदेखि उपप्रधानमन्त्री भएका छन् तर विकासको मामलामा कर्णालीभन्दा पनि कमजोर छ ।

 त्यहाँको शिक्षा र स्वास्थ्य भन्दा कर्णालीको राम्रो छ । के त्यहाँ बजेट नदिएको विकास नभएको हो र भनि प्रश्न उठ्न थालेको छ ।

देशमा संघीयता आएपछि मधेशको विकास भएन भन्नेहरुको हातमा त्यहाँको सरकार छ । मधेशमाथि विभेद भयो भनेर आन्दोलन गर्ने नेताहरु अहिले त्यहाँका मन्त्रीहरु हुनुहुन्छ । तर, जुन जोशका साथ उहाँहरुले आन्दोलन गर्नुभएको थियो । त्यो जोशका साथ उहाँहरुले काम गर्न सक्नु भएको छैन ।

अर्थात विनियोजन गरेको वजेट पनि खर्च गर्न सकिरहेको छैन । र, यो प्रश्न ती मन्त्री वा सरकारसाँग गरियो भने केन्द्र सरकारलाई देखाएर पन्छिने गर्नुभएको छ । मन्त्रीहरु भाषण दिँदा अरु प्रदेश भन्दा प्रदेश २ मा विकास भएको भन्नुहुन्छ तर तथ्यांकले उहाँहरुको कुरालाई गलत सावित गरिसकेको छ । गत आर्थिक वर्षमा पच्चास प्रतिशत वजेट पनि खर्च गर्न सकेको छ ।

सरकारको तथ्यांक अनुसार प्रदेश २ सरकारले ४६.९५ प्रतिशत मात्र खर्च गर्न सकेको छ । अब यसैबाट बुझ्नुस् कि त्यहाँका मन्त्रीहरुले के विकास गर्नुभएको होला । प्रदेश २ सरकारभन्दा कर्णाली प्रदेशका सरकारले वजेट खर्च गरेको छ । आर्थिक वर्ष २०७६०७७ का लागि प्रदेश सरकारले ल्याएको ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ कुल बजेट मध्ये १८ अर्ब २ करोड ३० लाख ५० हजार रुपैयाँ मात्र खर्च भएको छ ।

 गत आर्थिक वर्षको जेठ मसान्त सम्ममा २७ प्रतिशत मात्र खर्च हुन सकेकोमा आर्थिक वर्षको अन्तिम असार मसान्तमा थप १९ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाइएको छ ।


प्रदेश सरकारले ल्याएको बजेट मध्ये सबैभन्दा बढी धनुषा जिल्लाका लागि छुट्याइएको थियो भने खर्चको अवस्था पनि सबैभन्दा निराशाजनक यसै जिल्लाको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाए अनुसार धनुषा जिल्लामा २७.९ प्रतिशत मात्र खर्च हुन सकेको छ । धनुषा प्रदेश २ को अस्थायी राजधानी पनि हो । 


धनुषा जिल्लाका लागि प्रदेश सरकारले चालु तर्फ १० अर्ब ४८ करोड रुपैयाँ छुट्याएकोमा ३ अर्ब २८ करोड रुपैयाँ खर्च भएको जनाएको छ । त्यस्तै धनुषा जिल्लाको लागि पूजिगत तर्फ ११ अर्ब ५४ करोड रुपैयाँ छुट्याइएकोमा २ अर्ब ८७ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ । यस जिल्लाका लागि छुट्याइएको बजेट मध्ये कुल ६ अर्ब १४ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ ।

यस प्रदेशमा सबैभन्दा बढी खर्च महोत्तरी जिल्लामा भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्यांकले जनाएको छ । सबैभन्दा कम बजेट समेत महोत्तरी जिल्लाका लागि नै उपलब्ध गराइएको थियो । महोत्तरी जिल्लाका लागि पूजिगत तर्फ छुट्याइएको ६९ करोड ९१ लाख रुपैयाँ बजेट मध्ये ४५ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ । यसरी महोत्तरी जिल्लामा प्रदेश सरकारले उपलब्ध गराएको बजेटको ७५.२ प्रतिशत बजेट खर्च भएका छ ।

सिरहामा ६२.६९ प्रतिशत बजेट खर्च भएको जनाएको छ । सिरहाका लागि छुट्याइएको १ अर्ब ४८ करोड रुपैयाँ बजेटमध्ये १ अर्ब ११ करोड रुपैयाँ बजेट खर्च भएको छ ।

त्यस्तै सप्तरीमा कुल बजेट १ अर्ब १९ करोड रुपैयाँको ६७.७५ प्रतिशत अर्थात ७३ करोड ३४ लाख रुपैयाँ, सर्लाही जिल्लामा कुल बजेट ९७ करोड ८४ लाख रुपैयाँको ४२ करोड ४३ लाख अर्थात ६८.४७ प्रतिशत खर्च भएको छ ।

त्यस्तै रौतहट जिल्लाका लागि पूँजीगत तर्फ कुल १ अर्ब ४० करोड रुपैयाँ बजेट उपलब्ध गराइएको थियो । जसमध्ये १ अर्ब ४ करोड रुपैयाँ अर्थात ७१ प्रतिशत खर्च भएको जनाएको छ । त्यस्तै बारामा कुल बजेट ७७ करोड ३५ लाख रुपैयाँ रहेकोमा ३९ करोड ६६ लाख रुपैयाँ खर्च भएको जनाएको छ । यस अनुसार ६१.६८ प्रतिशत रकम खर्च भएको जनाएको छ ।

त्यसैगरी पर्सा जिल्लाका लागि १ अर्ब ९९ करोड रुपैयाँ पूँजीगत तर्फको बजेट छुट्याइएकोमा १ अर्ब २० करोड रुपैयाँ अर्थात ५९.४९ प्रतिशत खर्च भएको हो । आर्थिक वर्ष २०७५०७६ मा प्रदेश नम्बर २ मा ५१ प्रतिशतभन्दा बढी बजेट खर्च भएको थियो । गत आर्थिक वर्षमा ४ प्रतिशतले घटेर बजेट मात्रै खर्च भएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..