» » कोरोनाका कारण कति नेपाल फर्के स्वदेश हेर्नुस् डाटा

सहारा टाइम्स,
काठमाडौं साउन ७ गते । कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीलाई सरकारले ल्याउन क्रम शुरु गरेको छ । हालसम्म ३४ हजार नेपाली स्वदेश फर्किसकेका छन् ।

विभिन्न २५ वटा देशबाट हिजोसम्म ३४ हजार ९३ जना नेपाली स्वदेश फर्केको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले जनाएको छ ।

साउदी अरबबाट पाँच हजार ६११, यूएईबाट सात हजार ६१७, कतारबाट ३ हजार ९४१, कुवेतबाट पाँच हजार ५४९, मलेसियाबाट ४ हजार ७७९, बहराइनबाट ९८० र ओमनबाट ४९२ जना नेपाली फर्केका छन् ।

अफगानिस्तानबाट १८, अस्ट्रेलियाबाट ६३४, जापानबाट ७५६, थाइल्यान्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, मालदिभ्सबाट ७०९, सिंगापुरबाट १४६, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट १०५ र फिलिपिन्सबाट १०८ जना नेपाल स्वदेश फर्केका छन् ।

अफगानिस्तानबाट १८, म्यानमारबाट २६, श्रीलंकाबाट ५, हङकङबाट ८९, पाकिस्तानबाट ७२ र टर्कीबाट ३४ जना ल्याइएको छ । विदेशबाट ल्याइएकामा सबैभन्दा बढी बागमती प्रदेशका ९ हजार ३३३ जना रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशका ७८३ जना रहेका छन् ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..