» » अहिलेका कम्युनिस्ट कमाउनिस्ट भयो


–उपेन्द्र यादव

‘जनता चेतनशील हुनैपर्छ । कार्यकर्ता संगठित हुनैपर्छ । क्रान्ति वा परिवर्तन अवश्यम्भावी छ । यसलाई कसैले रोकेर रोक्न सक्दैन ।’ मर्नु अघि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलालले यो सन्देश दिनु भएको हो ।

२०३५ साल श्रावण ७ गते उहाँको निधन भएको थियो । उहाँ नेपाली श्रमजीवी, शोषित तथा उत्पीडित वर्ग र गरीब जनताका नेता हुनुका साथै प्रगतिशील लेखक पनि हुनुहुन्थ्यो । पुष्पलालले निरङ्कुश राजतन्त्रको अन्त्य र सम्पूर्ण आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक, वर्गीय, जातीय र लिङ्गीय शोषण, उत्पीडन र विभेदको अन्त्य गरी समाजवादी गणतान्त्रिक समाजको कल्पना गर्नु भएको थियो ।

उहाँले सधैं लोकतान्त्रिक गणतन्त्रका पक्षमा आवाज उठाउनु भयो । क्रान्तिकारी भूमिसुधार, निःशुल्क शिक्षा र स्वास्थ्य, सबैकालागि गाँस, बास, आवास र रोजगारीको व्यवस्था राज्यद्वारा गर्नु पर्ने, सबै जातिहरू (ल्बतष्यलबष्तिष्भक) लाई आत्म निर्णयको अधिकार, भाषिक समानताको हक, पूर्ण नागरिक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, आर्थिक र सामाजिक न्याय, जातीय, वर्गीय र लैङ्गिक विभेद तथा उत्पीडनको अन्त्य, आदिवासी र कविला जातिको मुक्तिका लागि उनले आफ्नो जीवन समर्पण गरेका थिए ।

पुष्पलालको जीवन सिद्धान्तनिष्ठ, संघर्ष, त्याग र सादगीपूर्ण सुसंस्कृत थियो । उहाँले राजनीतिलाई जालझेलको रूपमा नभई, सिद्धान्त, संगठन र संघर्षले निर्देशित जनताको मुक्तिको यात्राको रूपमा लिनु भयो । 

पुष्पलालको त्याग, सादगिपूर्ण जीवन, संघर्ष र सिद्धान्त प्रतिको निष्ठाबाट आजका कम्युनिस्ट नामका कमाऊनिष्ठ, भ्रस्ट, सिद्धान्तबिहीन र नश्लवादी संकीर्ण चिन्तन भएका कमरेडहरुले सिक्न सक्ने भएको भए देश र जनताको आजको जस्तो बेहाल हुने नै थिएन । 

अहिलेका कम्युनिस्ट राजनीति भ्रष्टाचार गर्ने र राज्यको ढुकुटी हजम गर्ने तर्फ आकर्षित एवम् उन्मुख हुने थिएन । आज महान् क्रन्तिकारी नेता पुष्पलालको स्मृति दिवस को अवसरमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

-उपेन्द्र यादव जनता समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ_

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..