» » प्रधानमन्त्री ओलीको अभिव्यक्तिले गर्दा नेकपामा विवाद


काठमाडौं असार ३०–प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले हिजो राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको अभिव्यक्ति विवादमा तानिएको छ ।

नेकपाकै नेताहरुको यसको खुलेर विरोध गर्नुभएको छ । पार्टीका उपाध्यक्ष वामदेव गौतमले सो मन्तव्य फिर्ता लिन प्रधानमन्त्री अ‍ोलीलाई आग्रह गर्नुभएको छ ।

उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो बिषय बारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो ।’

ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि । अहिले उहाँ चाहदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा रहेको उल्लेख गर्दै उहाँले उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नु पर्दथ्यो भनि टिप्पणी गर्नुभएको छ ।

भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक नपर्ने बताउँदै उहाँले रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेकाले यथार्थवादी भएका नाताले इतिहास प्रति कम्युनिष्टहरुले अन्याय गर्न नहुने बताएका छन् ।

धार्मिक आस्थामा चोट पु¥याउने क्रियाकलाप गर्न नहुने उल्लेख गर्दै उहाँले कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न नहुने बताउनु भएको छ ।

राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न उहाँले सुझाव दिनुभएको छ ।

साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको  छ।

त्यसैगरि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्कालिन स्वार्थमा आधारित भएका जे पनि भन्ने र प्रचार गर्ने प्रवृतिलाई त्याग्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले हिजो एक कार्यक्रममा भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भइरहेको छ । त्यसरी प्रवक्ता श्रेष्ठले आफ्नो ट्वीटरमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै भुराजनीतिक सवेदनशीलता प्रति सचेत रहन आग्रह पनि गर्र्नुभएको छ ।

उहाँले भन्नुभयो, स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कुटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भुराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं, ‘अन्यथा देश बाह्य शक्तिहरुको कृडास्थल बन्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठुलो जोखिमको चुनौति छ ।’

देशभित्रका सबै निर्णयहरु एउटा वा अर्को बिदेशी शक्तिले गरेको हो र नेपाली सबै एउटा वा अर्को ‘परस्त’ हुन भन्ने आत्मनिन्दक प्रवृत्ति त्याग्न आग्रह गर्दै उहाँले षडयन्त्र सिद्धान्त आबिष्कार नगर्न पनि आग्रह गरेका छन् । उहाँले भन्नुभयो, ‘आन्तरिक राजनीतिक  प्रयोजनले यसो गर्नु त अपराध नै हुन्छ । यसले राष्ट्र र समाजलाई राम्रो गर्दैन । नयाँ युवा पुस्तालाई हामी के सिकाउँदैछौ ? देशभक्त र विवेकी बनौं ।’

नेपालका राजनीतिक पार्टी, नेता र नेपालीहरुको अपमान र अवमुल्यन नगर्न आग्रह गर्दै प्रवक्ता श्रेष्ठले आलोचनात्मक चेत बिना, तथ्य नहेरी, तात्कालिक क्षणिक स्वार्थमा आधारित भएर जे पनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..