» » बाढी पहिरोको लागि नेकपाले गर्यो यस्तो निर्णय

सहारा टाइम्स
काठमाडौं साउन ६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी पहिरोको बहानामा स्थायी कमिटीको बैठक स्थगित गरेको छ । असार १० गतेदेखि शुरु भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेपछि बैठक प्रभावित हुँदै आएको थियो ।

अध्यक्षद्धय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिल्दा पटक पटक स्थायी कमिटी स्थगति भएको छ । यसअघि पनि बाढी पहिरोका नाममा एकसाताका लागि बैठक स्थगित गरिएको थियो । फेरि अहिले आएर एकसाताका लागि स्थायी कमिटीका बैठक स्थगित भएको छ ।

नेकपाले भनेको छ, गत २०७७ साल जेठ ३० गते मनसुन सुरु भए यता भएको लगातारको बर्षाका कारण देशमा विभिन्न भूभाग बाढी, पहिरो र डुबानबाट आक्रान्त भएका छन् । बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण साउन ६ गतेसम्म २३३ जनाको ज्यान गएको छ, ९८ जना बेपत्ता भएका छन् भने ९९ जना घाइते भएका छन् । २८२ भन्दा बढी घरहरू पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । सयौँ परिवार घरबारविहिन र व्यवस्थित भएका छन् । तराईका विभिन्न भूभागहरू डुबानमा परेका छन् । राजमार्ग र अन्य सडक तथा पुलहरु क्षतिग्रस्त हुँदा आवागमन अवरुद्ध भएको छ ।

आज बसेको स्थायी कमिटीको बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्राकृतिक विपत्तिको यस अवस्थालाई ध्यानमा राख्दै उद्दार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेहरूको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाहरूको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गंभीर ध्यानाकर्षण पनि गराएको छ ।

क्षतिग्रस्त सडक तथा पुलहरु तत्काल मरम्मत गरी आवागमन चालु गर्न पनि बैठकले आग्रह गरेको छ ।

साथै सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवा विद्यार्थीहरूमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्दार, राहत र पुनस्र्थापनाका काममा परिचालित हुन पनि आग्रह गरिएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..