सहारा टाइम्स
सिरहा साउन ६ गते । तराई मधेशमा आएका बाढीको बारेमा प्रदेश २ का सरकारले आज अनुगमन गरेको छ ।
प्रदेश २ सरकारले गठन गरेको विपद् व्यवस्थापन समितिले आज सिरहाका विभिन्न ठाउँको अवलोकन गरेको छ ।
जिल्लाका विभिन्न ठाउँको अवलोकन गरि सिरहा जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको छ । छलफलले विभिन्न ठाउँमा बाढीले पुर्याएको क्षतिको तथ्यांक संकलन गरि बाढीबाट पीडितलाई तत्काल राहत र उद्धारमा जोड दिने प्रदेश सरकारबाट निर्देशन भएको हो ।
बाढीबाट पिडित समुदायलाई तत्काल राहतका लागि प्रदेश सरकार तथा स्थानीय सरकार सक्रिय हुनुपर्ने कुरामा छलफलमा उठेको थियो ।
बैठकमा समितिका संयोजक एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख, स्थानीय जन, राजनीतिकर्मीहरु लागायत सम्बन्धीत व्यक्तिहरुको उपस्थिति थियो ।

No comments: