» » बाढीले एकजनालाई बगायो

सहारा टाइम्स
जनकपुर साउन ६ गते । रौतहटमा बाढीले एकजनालाई बगाएको छ । चाँदी नदीमा पौडी खेल्न गएका बेला चन्द्रपुर नगरपालिका ३ का ५० वर्षीय शुकमानी थिङलाई मंगलबार बिहान ११ बजे बगाएको प्रहरीले जनाएको छ।
उहाँको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


पछिल्लो तीन दिनदेखिको अविरल वर्षाको कारण जिल्लाको पूर्वीभेग बागमती पश्चिम लालबकैया नदीका साथै सबै खोलाहरुमा पानीको स्तर बढ्दै गएको छ ।


लालबकैया नदीको पानी ईशनाथ नगरपालिका १ बनजरहामा पसेको छ ।  ईलाका प्रहरी कार्यालय बनजरहा अगाडि र गाउँमा तीन फिटसम्म पानी जमेको र पानी बढ्नेक्रम जारी छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..