काठमाडौं जेठ ३१ गते । समाजवादी पार्टीका सांसद सरिता गिरीले संसदमा बोल्न खोज्दा होहल्ला भएपछि उनी संसद भवनबाट बाहिरिएका छन् । संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी सांसद सरिता गिरीलाई संसदमा बोल्नबाट रोक लगाइएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रक्रिया नपुगेकाले विधेयकमाथिको संशोधन प्रस्ताव अस्वीकृत भएको भन्दै सांसद गिरीलाई बोल्न नदिने रुलिङ गर्नुभएको थियो ।
संसदको प्रक्रिया सुरु भए लगत्तै सांसद गिरी बोल्नका लागि उठ्नु भएको थियो । तर सत्तापक्षका सांसदले होहल्ला गरेपछि सभामुख सापकोटोले संशोधन प्रस्ताव प्रक्रिया नपुगेकाले अस्वीकृत गरेको जानकारी गराउँदै बोल्न समय नदिइएको बताउनु भएको थियो ।
यसअघि समाजवादी पार्टीको संसदीय दलको बैठकबाट पनि उठेर हिड्नु भएको थियो । उहाँलाई बैठकले विधेयक फिर्ता लिन आग्रह गरेपछि उहाँ बैठक छाडेर हिड्नु भएको थियो । उहाँले संविधानको अनुसूची ३ मा बहस नभएसम्म आफूले आफ्नो विधेयक फिर्ता नलिने कुरा राख्दै संसदीय दलको बैठकबाट हिड्नु भएको थियो ।

No comments: