» » मेलै यसकारणले दर्ता गराए विधेयक

-सरिता गिरी
हिजो (जेठ २७) संसदमा नक्शाको संशोधन विधेयक माथि छलफल भयो । अहिले को संशोधन विधेयकको बारेमा लगभग सबैजना माननीय ज्युको धारणाबाट प्रस्ट छ कि अहिलेको नक्शा संशोधन विधेयक ब्रिटिश इस्ट इंडिया कम्पनीसंग नेपालले गरेको १८१६ को सुगौंली सन्धिको मा आधारित रहेको छ ।

प्रश्न उठ्छ कुनै पनि नक्शाको प्रष्ट आधार हुन्छ र त्यो कुनै न कुनै सन्धीमा नै आधारित हुन्छ तर सरकारले संशोधन विधेयकमा यो किन खुलाउन चाहेन ।

१.यस्को पहिलो कारण यो हो कि सरकारले उक्त कुरा उल्लेख गर्दा सरकार भारत र ब्रिटेनसंग गरेको १९५० को सन्धीलाई अस्वीकार गर्छ । आज  (जेठ २८) पनि प्रधानमन्त्रीले संसदमा आफनो मन्तव्यको क्रममा बोले सन् १९५० को सन्धीको पालना पनि भई रहेको छ र हामी मानेको पनि छैनौं ।

यो विरोधाभाष युक्त मन्तव्य हो । यसबाट अन्तराष्ट्रिय जगतमा सरकारको विश्वसनीयता बारे गहिरो संकट पैदा हुने छ ।

हुनत राजनीतमा पछिल्लो कुनै अन्तराष्ट्रिय सन्धीबाट सरकार पछाडी पनि हट्न सक्छ तर त्यस्को विधि सम्मत प्रक्रिया हुन्छ ।

२.सरकारले नयाँ प्रस्तावित नक्शाको आधार १८१६ को सुगौली सन्धी बारे उल्लेख नगर्नुको एउटा कारण उक्त सन्धीको धारा ३ मा मधेशका मधेशी समुदाय बारे उल्लेखित त्यो व्यवस्था हो जस अनुसार नेपालका शासकहरुले मधधेशीहरुसँग कुनै भेदभाव गर्न न पाउने हो । यो सबैलाई विदित भएको कुरा हो कि तराई मधेशको भूभाग १८१६ को सुगौली संधि र ब्रिटिश इंडिया संग भएको १८६०को संधि अनुसार नेपालको भूभाग हुन गएको हो ।

सरकारले यदि १८१६ को सन्धी पुनजीर्वित गर्न चाहन्छ तब उक्त सन्धी समग्रता मा पुनर्जीवित हुनु पर्दछ भने मेरो धारणा हो । संधिको एउटा खंड जीवित गर्ने र अरु भागलाई मृत अवस्थामा छोडने मनशाय सरकारको मधेश र मधेशीसंगको बैइमानी हो र आजको यस मोडमा मधेशी नेतृत्वले यस कुरालाई उठाएन भने मधेशी दासत्वको जंजीरबाट कहिले पनि मुक्त हुन सक्दैन ।

तसर्थ १८१६ को सन्धीको नाम खुलाई नक्शाको संशोधन प्रस्ताव अगाडी बढाउँदा उक्त सन्धी बारे नयाँ ढंगबाट राष्ट्रिय बहसको शुरुवात हुन्छ । संशोधन विधेयकमाथि संशोधन हाल्नुको मेरो मूल अभिप्राय यही रहेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..