» » सरिता गिरीलाई विधेयक फिर्ता लिन पार्टीको निर्देशन

काठमाडौं जेठ २८ गते । समाजवादी र राजपा नेपाल मिलेर बनेको जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दे संशोधन विधेयक दर्ता गराएपछि समाजवादी संसदीय दलका तर्फबाट उहाँई सो विधेयक फिर्ता लिन निर्देशन दिएको छ ।

उहाँले आज संसद सचिवालयमा विधेयक दर्ता गराएपछि पार्टीको संसदीय दल उहाँलाई त्यस्तो निर्देशन दिएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताउनुभयो ।

नेपालको संविधानको दोस्रो संशोधनमा संसदीय दलका निर्देशन विना वैशाख २८ गते संशोधन हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि पार्टीले सासद गिरीलाई निर्देशन दिएको हो । फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने पत्र पठाएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताउनुभयो । 

सांसद गिरीले आज संसद सचिवालयमा दर्ता गराएको विधेयकमा संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन माग गरेकी छिन् । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्ने गरी संविधान संशोधनका लागि सरकारलृे विधेयक प्रस्तुत गरेको थियो ।  

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..