» » जसपा नेपालमा असन्तुष्टि बढ्यो, राजपा जिवित गर्ने प्रयास




काठमाडौं जेठ २७ गते । नव गठित जनता समाजवादी पार्टी नेपालमा तीब्र असन्तुष्टि बढेको छ । तत्कालिन राजपा नेपालका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले एकीकरणमा मनपरी गरेको भन्दै नेताहरुमा असन्तुष्टि बढेको छ ।

५१ सदस्यीय कार्यसमितिमा नाम राखिएका नाममै नेताहरुो असन्तुष्टि रहेको छ । तत्कालिन राजपा नेपालका नेता राजकिशोर यादव र अनिलकुमार झा निर्वाचन आयोग नै पुगेका थिएनन् भने शरतसिंह भण्डारी, महेन्द्रराय यादव पनि महन्थ ठाकुर र राजेन्द्र महतोको कृयाकलापबाट असन्तुष्ट छन् ।

स्रोतका अनुसार उनीहरुको आज छुट्टै बैठक बसिरहेको छ । तत्कालिन राजपा नेपालका सचिव राहुल यादवका अनुसार राजपा नेपाल छवटा पार्टी मिलेर बनेको पार्टी हो । त्यसमा सबैको बराबरको अधिकार छ तर महन्थ ठाकुर र राजेन्द्र महतोले जसपा नेपालको केन्द्रीय समितिमा अधिकाँश आफ्नै मान्छे राखेका छन् । त्यसमा जातीय कलस्ट पनि मिलाएको छैन । महन्थ ठाकुरले आफ्नोतर्फबाट नौजना र राजेन्द्र महतोले आठजना राख्नु भएको छ ।

शरतसिंह भण्डारी र महेन्द्र राय यादवको दुई दुईजना राखिएको छ भने अनिलकुमार झा र राजकिशोर यादवको एकजना पनि परेको छैन । कार्यसमितिमा दलित, मुस्लिम, आदिवासी जनजाति, महिलालगायतलाई पनि स्थान दिएको छैन ।

निर्वाचन आयोगका अनुसार ३३ प्रतिशत महिला अनिवार्य हुन्छ तर ५१ जनामा सातजना महिला मात्र राखेको छ ।

तत्कालिन राजपा नेपालमा महामन्त्री सुरेन्द्रकुमार झाले पनि असन्तुष्टि जनाएका छन् । उनले ५१ जनाको कार्यसमिति बनाई निर्वाचन आयोगमा बुझाएको सूचीलाई नै मधेश आन्दोलन , लोकतान्त्रिक आन्दोलन तथा जनयुद्धको आधिकारिक उतराधिकारीको रुपमा व्याख्या गर्दा ठूलो भुल हुने बताए ।



दुईटै पार्टीका थुप्रै होनहार नेताहरु सो कमिटीमा नपरेको गुनासो गर्दै उनले तत्कालिन राजपा पार्टीभित्र पुरानो पार्टीको कोटा पद्धतीबाट छनौटमा परेकाहरु रहेको रहेको गुनासो गरे । उनले भने, सो कार्यसमितिमा मण्डले, झोले, खबरिलाल, नातेदार, मालदार, भ्रष्टचारी एवं कमिशन खोरहरुको उलेख्य सँख्या रहेका छन् ।’

महन्थ ठाकुरले राख्नु भएको नौजनामा सबै उच्च जातीका छन् । त्यसमा उनले आफ्नो धम्धी उमाकान्त झाको नाम पनि राखेका छन् । जबकी मधेश आन्दोलनदेखि पार्टीमा समेत पनि उनको कुनै योगदान नरहेको पार्टीका नेताहरुले गुनासो गरेका छन् ।



मधेश आन्दोलनदेखि पार्टीमा समेत कुनै योगदान नहुँदा पनि महन्थ ठाकुरले आफ्ना सम्धी र सम्धनीलाई पटक पटक अवसर दिएको नेताहरुले गुनासो गरेका छन् । महन्थ ठाकुरले आफ्ना धम्धीलाई मन्त्री बनाउनुदेखि लिएर प्रदेश प्रमुख समेत बनाएका थिए । अहिले ५१ सदस्यी कार्यसमितिमा उनको नाम राखेर मधेशमा सहादत दिएकाहरुको मानमर्दन भएको नेताहरुले गुनासो गरेका छन् ।



त्यस्तै, तत्कालिन समाजवादी पार्टीमा पनि असन्तुष्टि बढेको छ । समाजवादी पार्टीमा मधेशी नेताहरुलाई किनारा लगाई अधिकाँश नेताहरु अशोक राइ र डा.बाबुराम भट्टराईको टीमबाट राखिएका छन् । मधेशमा आन्दोलन भएपछि ठूलो बलिदानपछि निर्माण भएको मधेशी जनअधिकार फोरम हुँदै समाजवादी पार्टीमा मधेशी नेताहरुलाई कुनै स्थान नदिएको गुनासो नेताहरुले गर्न थालेका छन् ।



पाँचजना पदाधिकारीमा तत्कालिन समाजवादी पार्टीमा तीनजना राखेका छन् त्यसमा मधेशबाट एकजना उपेन्द्र यादव आफै बसेका छन् भने दुईजना पहाडी समुदायबाट रहेको गुनासो सो पार्टीका नेताहरुले गर्न थालेका छन् । तत्कालिन समाजवादी पार्टीले केन्द्रीय सदस्यमा २२ जनाको नाम राखेको त्यसमा १६ जना पहाडी समुदायको रहेको गुनासो मधेशमा हुन थालेको छ । मधेश आन्दोलनमा रगत बगाएको कुनै अर्थ नै रहेन भनि तराई मधेशका नेताहरुले गुनासो गर्न थालेका छन् ।



About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..