पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर पार्टी दर्ता गराउन लागेको छ ।
बैशाख १० समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको थियो । एकीकरणको बारेमा आयोगलाई जानकारी गराए पनि पार्टी दर्ता भएको थिएन ।
निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता हुनुपर्ने प्रावधान रहेको छ । ठिक ४५ दिनपछि पार्टी दर्ताका लागि जसपा नेताहरु आयोग पुगेका छन् ।
दुवै पार्टीबाट २६–२६ जना नेता केन्द्रीय समितिमा राखेका छन् । पार्टीको एक नम्बरमा अध्यक्षमा महन्थ ठाकुरको नाम राखेको छ भने दोस्रो नम्बरमा संघीय परिषद्को अध्यक्षमा डा.बाबुराम भट्टराईलाई राखिएको छ भने तेस्रो नम्बरमा केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवलाई राखिएको छ भने चौथो र पाँच नम्बरमा वरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतोलाई राखिएको छ । अरु सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ ।
No comments: