काठमाडौं असार १६ गते । नागरिक ऐन २०६३ को संशोधनका लागि बनेको विधेयकको विरोधमा जनता समाजवादी पार्टीले आज देशैभरि विरोधका कार्यक्रम गरेको छ । नेपाली पुरुषसँग विदेश महिलाले विहे गरेको सात वर्षपछि मात्र नागरिकता दिइने प्रावधान संशोधनमार्फत ल्याइरहेको छ । त्यसको विरोध गर्दै जनता समाजवादी पार्टीले देशभरि विरोध जुलुस निकालेको छ ।
काठमाडौंको मैतीघरमा निकालिएको जुलुसमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता डा.बाबुराम भट्टराईलगायतका नेताहरुको उपस्थिति थियो ।
No comments: