» » कालापनी सम्झौतामा कम्युनिस्टहरुले राष्ट्रघाती काम गरेको छ–उपेन्द्र यादव

काठमाडौं जेठ ३१–समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली नदीको अधिकाँश भाग दुवै देशको साझा सीमा हुने सन्धीको प्रस्तावनामै उल्लेख भएको हुनाले तत्कालि कम्युनिस्ट पार्टीले राष्ट्रघाती काम गरेको आरोप लगाउनुभयो ।

सत्ताधारी दलकै केही उत्शृङखल युवाहरु आफ्नो पार्टी कार्यालयमा गएर नारा जुलुस लगाएको आरोप लगाउँदै उहाँले एकताको भावना जगाउन सत्तारुढ दललाई सुझाव दिए । सन् १९६५ मा कुनै सहममित भएको हो रे भनि हामी सुनेका छौं, त्यो के सम्झौता भएको हो त्यो कुराको जानकारी हामीले पनि थाह पाउनुपर्छ, उहाँले शनिवार सांसदमा भन्नुभयो, जनतालाई अन्योलनमा राख्ने काम सरकारबाट गर्नुहुँदैन ।’

सन् १९५४ देखि चीन र भारतबीच ६ पटक सम्झौता हुँदा त्यतिबेला यहाँका सरकारमा को को थिए त्यो बेला किन कोही बोलेन भन्दै उहाँले भारत सरकारसँग पटक पटक सन्धी सम्झौताबारे छलफल गर्ने निर्णय गरेको छ तर हालसम्म किन सम्झौता भएन भन्दै त्यसको जवाफ पनि वर्तमान सरकारले दिनुपर्ने धारणा राख्नुभयो ।

अन्तरिक राष्ट्रियतालाई बलियो बनाउन आग्रह गर्दै उहाँले अर्काको भेष भुषा, भाषा स्वीकार नगर्नु भनेको नश्लीय सोच रहेको बताउनुभयो । पहिला नक्सामा चुचो थियो, त्यो पछि गायब भयो किन गायब कसको पालामा गायब भयो त्यसको जवाफ सरकारले दिनुपर्ने उहाँले बताउनुभयो ।

पहिला प्रमाणपत्र खोजेर ठोस आधार तयार गरी दावाहरु पेस गर्नुपथ्र्यो अनि मात्र संशोधन प्रस्ताव ल्याउनुपथ्र्यो तर नक्सा जारी गरी निशान छापलाई संशोधन गर्न आज मतदान हुँदैछ तर अर्कोतिर जमिनको बारेमा प्रमाणहरु खोजविन गर्न कार्यदल गठन गरेको छ सरकार उल्टो बाटोमा हिडेको आरोप उहाँले लगाउनुभयो ।

उहाँले संविधान संशोधन बहुमतले मात्र होइन, सर्वसम्मतीले पास हुनुपर्ने भनि पार्टीबाट निर्णय गरेको बताउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..