» » मातृका यादवले भन्नुभयो, संसदमै भारतीय चेली भन्नु नस्लीय अभिव्यक्ति हो

काठमाडौं जेठ २३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मातृका यादवले जनप्रतिनिधिलाई संसदमै ूभारतीय चेलीूको संज्ञा दिएर नस्लीय अभिव्यक्ति दिनु मण्डले राष्ट्रवादको पोषण गर्नु जस्तै भएको प्रतिकृया दिनुभएको छ ।

नेकपाका सांसद गंगा चौधरीले जेठ १९ गते संसदमा बोल्ने क्रममा सरिता गिरीतिर इगिंत गर्दै भारतका चेलीको दादागिरी संसदमा चल्न सक्दैन भनि टिप्पणी गर्नुभएको थियो ।

 त्यसैको प्रतिकृया स्वरुप नेता यादवले आफ्नो फेसबुकमा लेख्दै भन्नुभयो, वैवाहिक भए पनि नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिलाई अरू नागरिक सरह बोल्ने र विचार अभिव्यक्त गर्न सम्पूर्ण अधिकार छ । नेपालको संविधानको मर्म नै त्यही हो ।

संकुचित राष्ट्रवादको समस्या विश्वभरि फैलिएको छ तर नेपाल जस्तो सानो मुलुकमा यस संकुचित राष्ट्रवादको नकारात्मक असर अझ गहिरो हुनेछ ।’

नेपालको विविधतालाई नारामा मात्र सिमित गर्ने प्रयत्नलाई जडैदेखि उखाल्नु पर्ने आवश्यकतामा जोड दिनुहुँदै उहाँले यस्ता अभिव्यक्तिले समाजलाई फुट उन्मुख गर्ने गरेको टिप्पणी गुर्नभएको छ । एक अर्काको भेषभाषा र कला संस्कृतिको सम्मान नगरी राष्ट्रिय एकता बलियो नहुने जिकिर पनि उहाँले गर्नुभएको छ ।

त्यसैगरि, आज समाजवादी पार्टीका नेतृ सरिता गिरीले पनि संसदमा गंगा चौधरीमाथि टिप्पणी गर्दै गंगा चौधरीले बोलेको कुरालाई संसदको रेकर्डबाट हटाउनु माग गर्नुभयो । साथै सांसद चौधरीलाई कारवाही हुनुपर्ने माग पनि गर्नुभयो ।

सांसद गिरीले शुक्रबार संसदको बैठकमा विशेष समयमा आफ्नो धारणा राख्दै सांसद चौधरीलाई कारबाही गर्न गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएकी हुन् ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..