पर्सा जेठ ५ गते । कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भएसँगै पर्सा जिल्लामा गत वैशाख ३० गतेदेखि लागू गरिएको निषेधाज्ञा मंगलबारबाट हटाइने तथा बारामा जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने नर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी नराख्ने निर्णय गरेको हो । यद्यपि, लकडाउनलाई भने प्रभावकारी रुपमा कार्यान्वन गरिने समितिले निर्णय गरेको बताइएको छ ।
बैठकको निर्णयमा भनिएको छ, यस जिल्लामा कोराना संक्रमण व्यापक बन्दै गएकोले यसको संक्रमण अन्यत्र फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम मिति २०७७ बैशाख ३० गते साँझ ८ बजेदेखि २०७७ जेठ ५ गते राति १२ बजेसम्म पर्सा जिल्लाभरी लागू गरिएको निषेधाज्ञाको विश्लेषनात्मक समीक्षा गरियो । नेपाल सरकारले मिति २०७७ जेष्ठ २० गतेसम्म लक डाउनको समय बढाएको सन्दर्भमा लक डाउनलाई प्रभावकारी रुपमा कार्यान्वय गर्ने तर निषेधाज्ञा जारी नगर्ने ।
एम्बुलेन्स, खानेपानी, विद्युत, टेलिफोन मर्मत सम्भारको लागि प्रयोग हुने सवारी साधन, स्वास्थ्यकर्मी बोक्ने सम्बन्धित अस्पतालका यात्रुवाहक सवारी साधन, फोहरमैला व्यवस्थापनमा खटिने जनशक्ति बोक्ने सवारी साधन, औषधी, दुध, पानी पेट्रोलिय पदार्थ ढुवानीका सवारी साधन तथा भन्सारबाट विभिन्न जिल्लाका लागि छुटेका अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबाहक सवारी साधन तथा जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक कार्यको लागि सवारी अनुमति पत्र प्राप्त गरेका सवारी साधनहरुबाहेक अन्य सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गर्नुको साथै अत्यावश्यक वस्तुहरु (जस्तो खाद्यन्न, किराना, दुध, ग्याँस, पानी आदि० को बिक्री वितरण गर्ने पसलहरु मात्र विहान जतिसक्दो सबेरैदेखि बिहान ८स्३० बजेसम्म मात्र खोल्न दिने । औषधी पसल भने जुनसुकै समयमा पनि खोल्न दिने पनि निर्णय गरेको छ ।
त्यस्तै, साँगुरा गल्ली, ठेलागाडा, चोकहरुमा बिक्री वितरण गर्न नदिने, अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने, व्यवसायी र ग्राहक सबैलाई अनिवार्य रुपमा मास्क लगाउन लगाउने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दुरी कायम हुने गरी लाइन व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सम्वन्धित व्यवसायीको स्वयंको हुने । यसो भएको नपाइए सम्वन्धित व्यवसायीलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गर्ने निर्णय गरेको छ ।
मुख्य बजार क्षेत्रमा भने बिहान ६ बजेदेखि साँझ ७ः३० बजेसम्म खाद्य, किराना पसलहरुसमेत खोल्न नदिने, पावर हाउस चोकदेखि रजत जयन्ती चौकसम्मको सडकमा विहान ६ बजेदेखि साँझ ७ः३० बजेसम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन बाहेकका अन्य सवारी साधन समेत संचालमा रोक लगाउने, कृषि कार्यसँग सम्वन्धित सामाग्री, पशुपंक्षीजन्य आहारा, सबै प्रकारका खाद्य वस्तु तथा निर्माण सामाग्री ढुवानीका साधनहरु बीरगंज महानगरपालिका क्षेत्रभित्र बेलुकी ६ः०० बजेदेखि बिहान ६ः०० बजेभित्र मात्र संचालन गर्न दिने, भारतबाट आउने तरकारीलाई पर्सा जिल्लाको लागि प्रवेश निषेध गर्ने तर स्थानीय तरकारीलाई भने होम डेलिभरी गर्न दिने, भिडभाड नहुने तथा कामदार, कर्मचारीहरुबीच भौतिक दुरी कायम गर्नेदेखि तोकिएका सबै स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड र शर्त पालना गर्ने औषधी, खाद्यान्न जस्ता अत्यावश्यक उद्योगहरु संचालन गर्न दिने निर्णय गरेको छ भने कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न लक डाउनको उल्लंघन गर्ने एवं शान्ति सुव्यवस्था र अमनचयनमा खलल पुर्याउने व्यक्तिहरुलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कडा कारवाही गर्ने पनि निर्णय गरेका ेछ ।
त्यसैगरि, जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । सुरक्षा समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान ६ बजेदेखि जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयाो ।
पर्सा र रौतहट जिल्लाबाट कार्यालय लगायतका अन्य काममा बारा जिल्ला आउनमा समेत रोक लगाउने निर्णय गरेको छ । वाणिज्य बैंकहरु भने आलोपालो गरेर खोल्ने व्यवस्था मिलाउने निर्णय भएको छ । अत्यावश्यक सेवाहरु स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्सस कृषि उपज तथा उत्पादन माछा, कुखुरा, मल र बीउका व्यवसाय भने खुल्ला रहने छन् । औद्योगिक कच्चा पदार्थ बोक्ने ढुवानीका साधनलाई भने सवारी पास आवश्यक पर्ने छैन ।
भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमापूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

No comments: