काठमाडौं वैशाख ३० गते । पर्सामा ३९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ जना पत्रकार समेत रहेको बताइएको छ ।
नारायणी अस्पतालका डाक्टर मदनकुमार उपाध्यायले पर्सामा थपिएका ३९ संक्रमितमध्ये ४ जना सञ्चारकर्मी रहनु भएको र उहाँहरु जिल्लाका अगुवा सञ्चारकर्मी रहेको जानकारी दिनुभएको छ ।
संक्रमित पत्रकारले आफूहरु केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकमीसँग सँगै रहेको समेत भन्नुभएको छ । चार दिनअघि जिल्लामा भएको छलफलमा आफूहरु सहभागी भएको उहाँहरुले भन्नुभएको छ । पत्रकार पवन यादवमाथि प्रहरीले गरेको दुरव्यवहारका कारण केही दिनदेखि पर्साका पत्रकारहरु आन्दोलनमा छन् । आन्दोलनको क्रममा पत्रकारहरु थुप्रै ठाउँमा भेला र छलफल गरेका थिए ।
संक्रमित एक संचारकर्मीका अनुसार संक्रमित पत्रकारहरु सिडियो र डिएसपीसहित ७५ जना भन्दाबढीसँग छलफल गर्नुभएको छ ।

No comments: