काठमाडौँ बैशाख २२ गते । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गृहमन्त्रालयले सिमानाकामा थप कडाइका लागि सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्याउने भएको छ ।
हाल नेपाल–भारत सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर ५०० पुर्याउने गृहमन्त्रालयको तयारी रहेको छ । गृहमन्त्री रामबहादुर थापा’बादल’ले दिएको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले सो सम्बन्धि खाका तयार पारि सोमबार गृहमन्त्रालयमा बुझाएको छ । नेपालतर्फको सिमा नाकामा भारतको ५३० बिओपी रहेकोमा नेपालले पनि सोहि अनुपातमा थप्ने तयारी रहेको गृहमन्त्रालयले जनाएको छ ।
हाल सरदर १५ किलोमिटरको दुरिमा रहेको बिओेपी अब ३.५ किलोमिटरको दुरीमा रहने बताइएको छ । बिओेपी थप सम्बन्धि प्रस्ताव गृहमन्त्री बादलले मन्त्रीपरिषदमा लग्नु हुनेछ ।
सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको भन्दै बिओेपी रहने स्थान, आवश्यक पुर्वाधारलगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई गृहमन्त्रालयले निर्देशन पनि दिएको छ ।
भन्सारको १११ ठाउँमा रहेको जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको छ अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । यसअघि सिमाक्षेत्रमा ८७ बिओपी थियो ।
गृहमन्त्री बादलले विओपी थप गरि १२० पुर्याउनु भएको छ । त्यस्तै बिओपी संख्या २२१ पुर्याउने गृहमन्त्रीको प्रस्ताब मन्त्रीपरिषद्ले यसअघि नै पारित गरिसकेको छ । यसअघि बिओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सिमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सिमामा थपिएको छ । सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सिमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पोस्ट बिस्तार गरिएको छ ।

सन् १८१६ को सुगौली सन्धीअनुसार काली (महकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेको
ReplyDelete