काठमाडौं जेठ १८–जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले नश्लीय सोचका कारण देशमा विकास हुन नसकेको बताउनु भएको छ ।
नश्लीय चिन्तन सोच जबसम्म नेपालमा रहन्छ, जससम्म यस्ता शासन रहन्छ तबसम्म नेपालीले दुख भोग्नुपर्छ, प्रतिनिधिसभामा प्रस्तुत आर्थिक वजेटमाथि आफ्नो धारणा राख्नु हुँदै नेता महतोले भन्नुभयो, यहाँको बहुसँख्यक, यहाँको आदिवासी जनजाति, यहाँका मधेशी थारु, दलित जबसम्म न्याय पाउँदैन, बराबरको अधिकार पाउँदैन, सम्मान पाउँदैन, पहुँच र प्रतिष्ठा पाउँदैन, एकल जातीय आधारमा गरिएको शासनले नेपाली जनताले दुख पाउने हो ।’
नीति तथा कार्यक्रम एवं वजेटमा भन्छन् कि अब कोही पनि भोको मर्दैन तर काठमाडौंकै किर्तिपुर, सप्तरी, धनुषामा मान्छेहरु भोकै मरेको कुरा उनले सदनमा राखेका थिए ।
अलिकति नैतिकता नभएको सरकार, यहाँ जनता दिनदहाडै मरिरहको भन्नुहुँदै उहाँले यो सरकारले संघियतालाई सखाप पार्ने काम गरेको आरोप लगाउनुभयो ।
सारा बजेट केन्द्रमा राखेर संघीयता कसरी बलियो हुन्छ भनि उहाँले प्रश्न गर्नुभयो । ८९ प्रतिशत वजेट केन्द्रमा राखेका छन् अनि कसरी संघीयता बलियो हुन्छ भनि उहाँले प्रश्न गर्नुभयो ।

No comments: