» » प्याकेजमै संविधान संशोधनको माग

काठमाडौं जेठ ९ गते । जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले संविधान संशोधन प्याकेजमै हुनुपर्ने बताउनु भएको छ । सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन गर्ने भनि आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।


सरकारले गर्न लागेको सोही संशोधनमा मधेशी, आदिवासी जनजाति, मुस्लिम लगायतले माग गरेको संविधान संशोधनको विषयलाई पनि समेट्नु पर्ने उहाँले माग गर्नुभयो । पटक पटक संविधान संशोधन गर्नुभन्दा पहिले सबैको माग सम्बोधन हुने गरी एकपटक संशोधन गर्दा राम्रो हुने उहाँले बताउनुभयो । संविधान संशोधनको माग गर्दै मधेशी दलले पटक पटक आन्दोलन गर्दै आएको छ ।

पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले पनि जमिन फिर्ताको विषयमा सरकारले संविधान संशोधन गर्न त लाग्यो तर जनताले संविधान संशोधनका लागि यत्रो आन्दोलन गरे संघर्ष त्यो कहिले हुने प्रश्न गर्नुभएको छ ।

मधेशी जनताको चाहना पनि संविधान संशोधन हो, यही संविधान संशोधन सँगसँगै अरु पनि संशोधन गरि दिए राम्रो हुने उहाँले बताउनुभएको छ । त्यस्तै अर्को राजनीतिक विश्लेषक विजयकान्त कर्णले पनि सरकारले अहिले गर्न लागेको संविधान संशोधनसँगै मधेशी, आदिवासी जनजातिलगायतका समुदायले माग गरेको आधारमा पनि संशोधन गर्नपर्ने बताउनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..