» » मदिरा सेवन गरि मृत्यु भएकालाई प्रदेश सरकारको सहयोग !

काठमाडौं वैशाख २२ गते । महोत्तरीमा अज्ञात रोगबाट मृत्यु भएको भनिएका १२ जनामध्ये १० जनाको मदिरा सेवनकै कारण ज्यान गएको छ  र उनीहरुलाई प्रदेश २ सरकारले सहयोग गर्ने घोषणा गरेको छ ।

महोत्तरीको भंगहा नगरपालिका ६ र ७ तथा बर्दिवास नगरपालिका १२ का गरी १२ जनामध्ये १० जनाको ज्यान रक्सी सेवनकै कारण गएको पुष्टि भएको छ । त्यसको पुष्टि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले गरेको छ ।


जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार १० जनाको रक्सी सेवनका कारण, १ जनाको औंलो रोगका कारण र १ व्यक्तिको अचानक मृत्यु भएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेश सांसद सुरिता साह सोमवार अनुगमन गर्न पुग्नुभएको थियो । मृत्यु भएका भंगहाको अनुगमन गर्दै मन्त्रीहरुले मृतक परिवारलाई किरिया खर्चका लागि एक लाख उपलब्ध गराउने प्रतिबद्वता जनाउनु भएको छ ।

आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले मृतक १२ जनाकै परिवारलाई एक लाखका दरले उपलब्ध गराउने घोषणा गर्नुभएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..