» » भारतबाट कति भित्रिए प्रदेश २ मा ?

काठमाडौं जेठ १० गते । प्रदेश २ कोरोना भाइरसको हट स्पट बन्दैछ । नेपाल भारत सीमा नजिक रहेको कारण कोरोनाको संक्रमण दिनदिनै बढ्दै गइरहेको छ ।


भारतमा रेल्वे संचालन भएपछि सीमा नाकामा हजारौं नेपाली आइपुगेका छन् । औपचारिक अनौपचारिक रुपमा दैनिक सैयौंको सँख्यामा नेपालीहरु भित्रि रहेका छन् ।  लामो समय सीमामा नागरिक अलपत्र पर्दा अवैध रुपमा प्रवेश गर्ने र थप संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाएर  सरकारले जेठ ४ गतेदेखि नागरिकलाई प्रवेश दिन सुरु गरेको हो ।


पछिल्लो ६ दिनको अवधिमा प्रदेश २ को विभिन्न जिल्लाको मुख्य सीमा नाका हुँदै ४ हजार ६६४ नेपाली नेपाल भित्रिएका छन् । ती प्रायः मधेशकै हुन् । उनीहरुलाई हाल विभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा  जिल्लाका मुख्य नाकाहरुबाट अलपत्र परेको नेपालीहरुलाई सम्बन्धित स्थानीय तहसम्म पुर्याउने तथा क्वारेन्टाइनमा राख्ने कार्य भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरिक्षक जयराज सापकोटाले जानकारी दिए ।

भारतबाट आउने व्यक्तिहरुलाई सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य चेकजाँच गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर क्वारेन्टाइनमा दुई सातासम्म राख्ने गरी पठाइने गरिएको छ ।



महोत्तरीको मुख्य नाका मलिवाडाबाट ५६७, सिरहाको माडर नाकाबाट ७३४, सप्तरी स्थित नाकाबाट ७५४, सर्लाही स्थित नाकाबाट ६०१, रौतहट स्थित नाकाबाट ६९७, बारा स्थित नाकाबाट २३९ र पर्सा स्थित नाकाबाट ४६५ जना व्यक्तिहरु नेपाल आइसकेको सापकोटाले जानकारी दिनुभयो ।


त्यस्तै, सप्तरी नाकाबाट ९५, सिरहा नाकाबाट ६६, रौतहट नाकाबाट २ सय १२, बारा नाकाबाट ६७ र पर्सा नाकाबाट ४१ सय ८९ जना भारतीयहरु समेत भारत तर्फ गएको उहाँले बताउनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..